हुम्ला । हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । कोरोनाको अवधिमा बन्द रहेको हिल्सा नाका चीनले गत वर्षबाट सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
गत वैशाख १५ गते यता सिमकोट हुँदै हिल्साबाट चीनको ताक्लाकोटबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या हालसम्म ११९ जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । केरुङ नाकाबाट आएका ४५ जना पर्यटकहरु हिल्साबाट सिमकोट हुँदै नेपालगञ्जतर्फ लागेका थिए ।
गत वर्षबाट हिल्सा नाका चीनले दुई तर्फी खोले पनि जम्मा १७ जना पर्यटकहरुले हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए । उनले गतवर्ष भन्दा पाँच गुण बढीले मानसरोवर कैलाशको दर्शन गरिसकेको र यो क्रममा अझै बढ्ने पर्यटन व्यवसायी गोर्ख लामाले बताए । उनले अझै धेरै समूह आउने तयारी रहेको बताउँदै यस वर्ष पर्यटक आगमन वृद्धि हुने बताए ।
भारतीय धार्मिक पर्यटकहरुलाई हिल्सा नाकाबाट प्रवेश नदिएको कारण एनआए र अन्य देशका पर्यटकहरु आएका छन् । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३१ हजारभन्दा बढी भारतीय लगायतका धार्मिक पर्यटकहरुले हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गरेका थिए ।
पर्यटकहरु आउन थालेपछि सीता, तारा र समिट एयरका जहाजले दैनिक उडान भर्न थालेका छन् भने सिमकोटबाट हिल्सासम्म पर्यटक ओसार्नका लागि सिम्रीक एयरको हेलिकोप्टर सिमकोट विमानस्थमलमा नाइट स्टे रहँदै आएको छ ।
यता नेपाली भूमि नाम्खा गाउँपालिका-६ को लाप्चाबाट मानसरोवर कैलाशको दरदर्शन गर्नेको सङ्ख्या पनि दैनिक बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: