ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यसवर्ष आठ प्रतिशत कम रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गतवर्ष असार १५ सम्ममा ३७ प्रतिशत रोपाइँ भएको थियो । ढिलोगरी वर्षा भएका कारण कम रोपाइँ भएको बताइएको छ ।
हालसम्म जिल्लाको उच्च अर्थात् लेक क्षेत्रमा रोपाइँ भएको छ । लेकाली भेगमा असार पहिलो साता सम्ममा रोपाइँ सकिनुपर्नेमा यो वर्ष समयमा वर्षा नभएकाले धान रोपाइँ नभएको स्थानीय किसानले बताएका छन् । हिजोआज तल्लो भेग अर्थात् बेँसी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । असार महिनाको सुरुदेखि नै वर्षा भएकाले अहिले रोपाइँ गर्नलाई सहज भएको पनि किसानको भनाइ छ ।
यता शनिबार राष्ट्रिय धान दिवसका दिन फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तहमा रोपाइँ गरिएको छ । फुङ्लिङ नगरपालिका–३ क्यानिम टोलमा सामूहिक धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरले जानकारी दिए । उनकाअनुसार राष्ट्रिय कृषक समूह महासङ्घको आयोजना र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।
यस जिल्लाका बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरिएको किसान बताउँछन् । उन्नत जातको धानबालीतर्फ पनि किसान आकर्षित हुँदै गएको पाइएको छ । यहाँ सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धानखेती किसानले लगाउँदै आएका बताइएको छ । ताप्लेजुङमा करिब आठ हजार ३३७ हेक्टर क्षेत्रफल बराबरमा धान रोपाइँ हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: