Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ: नेता महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन् । कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताएका हुन् ।

'विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ । अत: तपाईंहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठूलो भूमिका छ । तपाईंहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु । म तपाईंहरूकै साथमा छु,' उनले भने ।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए । 'विदेशमा रहेका नेपाली श्रमिकको सुख-सुविधा, सामाजिक सुरक्षालगायत विषयमा सरकारले श्रम सम्झौताको नीति अवलम्बन गर्नुपर्छ,' उनले भने । नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औंल्याए । वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

'अहिले विश्व साँघुरो घर जस्तो भइसक्यो । नवउदारवादको अवस्थामा हामी आप्रवासनलाई रोक्न सक्दैनौं । मान्छेमा राम्रो सुविधा र सहुलियत प्राप्तिको आकांक्षा हुन्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्तिको अभिलासा हुन्छ । असीमित आकांक्षा पूर्तिका लागि मानिस एक देशबाट अर्को देशसम्म पुग्नुलाई नराम्रो मान्न सकिन्न । तर, नेपालका नागरिक एसियालगायत मुलुकमा जीविकोपार्जनकै लागि पुग्ने गरेका छन् । यो दुखद कुरा हो । यस विषयमा राज्य गम्भीर हुनुपर्छ,' नेता महरले भने ।

नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने सके ठूलो जनशक्ति स्वदेशमै रोक्न सकिने उनले बताए । युवा पौरख स्वदेशमै खर्चिए मात्र मुलुक निर्माण हुने महरको धारणा छ । 'उमेर हुँदा विदेशमा पसिना बगाउने र असक्त हुँदा स्वदेश फर्किएर देश निर्माण गर्न सकिँदैन । त्यसैले राज्यले युवालाई विदेश पठाएर रेमिट्यान्समा रमाउने होइन, स्वेदेशमै श्रम र सिपको सदुपयोग गरेर युवाबाट उत्पादित वस्तु विदेश निर्यात गरेर डलर कमाउनुपर्छ,' महरले भने ।

कतारसँग २००५ मा श्रम सम्झौता भएको स्मरण गर्दै महरले अहिले यहाँ पनि ठूलो जनशक्ति कार्यरत रहेको बताए । सरकारले विदेशी लगानी नेपालमा अपेक्षित रुपमा भित्र्याउन नसकिरहेको बताउँदै महरले विदेशमा रहेका नेपाली नागरिक पनि अवैतनिक राजदूत हुने हुँदा नेपालमा लगानी भित्र्याउन सबैले सक्रिय भूमिका वहन गर्नुपर्नेमा जोड दिए ।

विदेशमा रहेका नेपाली र असल भाव भएका नेता एकजुट भएर काम गरेमा समृद्ध नेपाल निर्माण गर्न धेरै समय नलाग्ने महरको भनाइ छ । 'राणा र राजाले धिलथिलो पारेको मुलुक अहिले समृद्धिमा निकै अगाडि बढेको छ । तर, अपेक्षित रूपमा काम हुन सकेको छैन । सबै नेता, पत्रकार, सामाजिक अभियन्ता, कर्मचारी भ्रष्ट छैनन् । हामीले असल मान्छेलाई चिन्न सक्नुपर्छ । त्यसैले स्वदेश र विदेशमा भएका नेपाली एकजुट भएर समृद्धिको यात्रामा अगाडि बढ्यौं भने धेरै गाह्रो छैन,' उनले भने ।

बिपीले 'मेरो जस्तै आर्थिक अवस्था भएको परिवार १५ वर्षभित्र बनाउन चाहन्छु' भनेको स्मरण गर्दै महरले इमानदार भएर नेताहरूले काम गरे बिपीको सपना पूरा हुन पाँच वर्ष मात्रै लाग्ने बताए । यसका लागि सबै राजनीतिक दल र नेताहरू सच्चिन आवश्यक रहेको उनको धारणा छ ।

फरक प्रसंगमा नेता महरले हामी नष्ट हुन्छौं तर भ्रष्ट हुँदैनौं भन्दै राजनीतिमा आएका नयाँ राजनीतिक दलको अवस्था कन्तिविजोगपूर्ण रहेको बताए । उनीहरू आउँदा नै भ्रष्ट बनेर आएको र छोटो समयमै नष्ट हुने बाटोमा रहेको महरको टिप्पणी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE