काठमाडौं । नेपाल र चीनबिच बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर हुने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङ र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबिच परराष्ट्र मन्त्रालयमा बुधबार बिहान भएको भेटघाटका क्रममा बिआरआईको योजनालाई जतिसक्दो चाँडो अन्तिम रूप दिई हस्ताक्षर गर्ने सहमति जुटेको हो ।
चीन भ्रमणमा जाने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउने चीनको निर्णयको स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चीन सीमामा रहेका परम्परागत १४ ओटा नाका हालसालै सुचारु भएकोमा खुसी व्यक्त गरे । नेपाल र चीनबिचमा ऐतिहासिक एवं समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक एवं सामाजिक विकासका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा हालै सम्पन्न नेपाल–चीन परामर्श संयन्त्रको १९ औँ बैठकद्वारा परराष्ट्र मन्त्री स्तरीय संयन्त्र बनाउने सम्बन्धमा भएको निर्णयबारे उपप्रमले खुसी व्यक्त गरे । चीनका उपविदेशमन्त्री सुनले नेपालको एक चीन नीतिको प्रशंसा गरे । उनले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल र चीनबिच क्षेत्रीय एव. विश्वस्तरीय कैयौँ मुद्दामा समान धारा रहेको उल्लेख गर्दै उपविदेशमन्त्री सुनले नेपाल र चीनबिच मित्रता र आपसी सहयोग रहेको र कुनै पनि प्रकारको असहमति नरहेको उल्लेख गरे । भेटवार्तामा दुई देशबिचको आपसी हित तथा सहयोगका विविध विषय एवं क्षेत्रबारे छलफल भएको थियो । नेपालको औपचारिक भ्रमण सकेर चीनका उपविदेशमन्त्री सुन आजै स्वदेश फिर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: