एजेन्सी । पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्ख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्यूजले जनाएको छ । मङ्गलबार थप पाँचवटा नयाँ शवहरू फेला परेपछि रहस्यमय मृत्यु हुनेको सङ्ख्या बढेको छ ।
पाकिस्तानको गैरनाफामुलक कल्याणकारी संस्था छिपा वेलफेयर एशोसिएसनका अनुसार पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना लागूऔषध दुव्र्यसनमा फसेका देखिन्छन् । छिपा वेलफेयर एशोसिएसनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कराँचीका विभिन्न क्षेत्रमा स्वयंसेवकले थप पाँच जनाको शव फेला पारेको छ । तीमध्ये तीन जना लागूऔषध दुव्र्यसनी जस्तो देखिन्छन्, तर अहिलेसम्म एउटा पनि शव पहिचान भएको छैन ।”
जिओ न्यूजका अनुसार महानगरमा एम्बुलेन्सको सञ्जाल सञ्चालन गर्ने गैरसरकारी संस्थाले आज पहिचान नखुलेका शवको सङ्ख्या २२ पुगेको पुष्टि गरेको छ । मृतकका आफन्त कोही पनि शव लिन नआएकाले झण्डै दुई दर्जन शव अझै बेवारिसे अवस्थामा रहेको जनाइएको छ ।
कराँचीमा जारी गर्मीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएका र उनीहरूमध्ये धेरैलाई गर्मीका कारण विभिन्न अस्पतालमा भर्ना गरिएको थियो । कराँचीका विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी अज्ञात व्यक्ति मृत फेला परेको र उनीहरू लागुऔषधको प्रभावमा परेका र अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको कराँचीको अर्को मानवीय संस्था इधी फाउन्डेसनका अजीम खानले द न्यूजलाई बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: