दाङ । दायाँबायाँ हरिया डाडाँका बिचमा उर्लदैं बगिरहेको कोइलाबास खोला उर्लदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन । रोमाञ्चकारी यात्रा गर्दै भेटिएका भारतको गोण्डा घर भएका श्रुति गुप्ता अहिले घर परिवारसँग कोइलाबास आएकी छिन् । यतिबेला घुमघामका लागि नेपालको कोइलाबासमा धेरै भारतीय पर्यटक आएका छन् । आफ्नो जीनवमा स्काइ साइकिलिङको अविस्मरणीय यात्रा रहने उनको भनाइ छ ।
उनले भनिन्, ‘सुरुमा कसरी खेल्ने होला भन्ने लागेको थियो, पछि वारपार गर्दै गर्दा गज्जव रमाइलो अनुभव भयो ।’ नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइकिलिङ सबैको आर्कषणको केन्द्र बनेको छ ।
अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइकिलिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ३३ किलोमिटर दूरीमा कोइलाबास पुगिन्छ । साइकिलिङमा दुई वटा ट्रयाक छ । एउटा ट्रयाकमा एक जनाले साइकिलिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ ।
दुईतर्फी एकसय ४० मिटर लम्बाइको स्काइ साइकिलिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ । यस खेलमा रमाउन प्रतिव्यक्ति दुईसय रुपियाँ तिर्नुपर्छ । कोइलाबासले चिरेको पहाडका परिदृश्यमा स्काइ साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो । सहज यातायातको व्यवस्था हुँदा पर्यटकलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । स्काइ साइकिलिङले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत योगदान गर्नेछ । कोइलाबास पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र स्काइ साइकिलिङ बन्ने विश्वास स्थानीयको छ ।
भारतबाट आउने अधिकांश पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा आकर्षित हुने गरेका छन् । केही दिनअघि सुरु भएको स्काइ साइकिलिङमा रमाउनेमा भारतीय पर्यटकको संख्या बढेको छ । कोइलाबासमा स्काइ साइकिलिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङ गर्ने गरेका छन् । गढवा गाउँपालिका –८ का वडाधयक्ष खालिक सिद्दिकिले स्काइ साइकिलिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताए । उनले हप्तादिनको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङको अनुभव लिएको बताए ।
भारतका विभिन्न सहर तुलसिपुर, बलरामपुर, हरैया, भर्सैया, सिरसिया लगायतबाट आउने पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा रमाउने गरेका छन् । भारतीय पर्यटक स्काइ साइकिलिङप्रति आकर्षित हुने बताउँदै उनले दैनिक सरदर ५० जनाले स्काइ साइकिलिङ गर्ने बताए ।
वडा कार्यालयको करिब २७ लाख लागतमा कोइलाबासमा स्काइ साइकिलिङ सञ्चालनमा ल्याइएको हो । राप्तीको प्रवेशद्वारको रुपमा कोइलाबास नाका प्रचलित छ । पछिल्लो पटक चहलपहल बढ्न थालेको भग्नावशेष रहेको कोइलाबासमा घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काइ साइकिलिङ बनेको छ ।
स्काइ साइकिलिङ गर्नेहरू ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् । स्काइ साइकिलिङले समग्र कोइलाबास नाका र पर्यटकीय क्षेत्रको विकासमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: