मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।
हिमपात लगत्तै उपल्लो मुस्ताङमा विद्युत आपुर्ति अवरुद्ध तथा सडक सञ्जालमै बाक्लो हिउँका कारण घुम्न गएका पर्यटक तथा तिर्थालु प्रभावित भए पनि शनिबार मौसममा सुधार आएसँगै क्रमशः स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउए ।
हिमपात रोकिएपछि मौसममा आएको सुधारले बेनी–जोमसोम–कोरला सडक, कागबेनी–मुक्तिनाथ सडकमा साना, ठुला सवारीसाधन सहज रुपमा आवत–जावत गरिरहेको सूचना अधिकारी बस्यालको भनाइ छ ।
मुस्ताङबाट बाहिरिने र भित्रिने सवारी साधनलाई सडकमा कुनै समस्या छैन भने तापक्रममा समेत सुधार भएकाले पर्यटक र तिर्थालुले समेत राहत महशुस गरेका छन् । मुस्ताङमा यो सिजनको छैठौ पटकको हिमपातले विभिन्न रोगको प्रकोप समेत न्यूनीकरणमा समेत सघाएको भन्दै कृषक समेत उत्साहित छन् ।
फागुन, चैत्र महिनामा हुने हिमपात र बर्षाले एक बाली हुने उपल्लो क्षेत्र र पर्याप्त सिँचाइको अभावका कारण नियमित उत्पादनमा ह्रास आउने अवस्थामा समग्र जिल्लाभर उत्पादन बृद्धि हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले बताए ।
बर्षा र हिमपातले कृषि, पशुपालन तथा वातावरणीय दृष्टिकोणले समेत मुस्ताङलाई सहज भएको स्थानीयको बुझाइ छ । चरन क्षेत्रमा घाँस पलाउने, आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ, निरमसी, जटामसी लगायतका जडिबुटी राम्रो हुने अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए ।
पाँच बर्षदेखि हिमपात नहुँदा चरन क्षेत्रमा आहारा प्रजातिका बन्यजन्तुलाई समेत असर गरेको अवस्थामा यस पटक गर्मी मौसममा परेको हिमपातले चरन र जडिबुटीको उत्पादनलाई समेत राहत मिलेको प्रमुख पौडेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: