Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ । 

मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए । 

सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबालिग रहेको बताए । पेसकोभले यसै महिनाको प्रारम्भमा पश्चिमी लक्ष्यहरूमा सम्भावित आक्रमणका लागि पश्चिमी मुलुकहरूलाई हतियार दिनेबारे राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणीहरूतर्फ सङ्केत गरे । “संयुक्त राज्य अमेरिकाको सहभागिता, प्रत्यक्ष संलग्नताले रुसी नागरिक मारिएका छन्, परिणामबिना हुन सक्तैन”, उनले भने, “के हुन्छ भन्ने समयले बताउने छ ।”

“युरोपमा र त्यसभन्दा माथि वासिङ्टनमा मेरा सहयोगीहरूसँग सोध्नुहोस्, त्यहाँका प्रेस सचिवहरूसँग सोध्नुहोस् कि तिनीहरूको सरकारले किन रुसी बालबालिका मारिरहेका छन्”, उनले भने । विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको बताएको छ । पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वासिङ्टनले ‘यो अत्याचारका लागि किएभ शासनसँगै समान जिम्मेबारी लिन्छ’ र आक्रमण ‘दण्डविहीन हुने छैन’ भनेको छ । 

रुसले आइतबार भएको आक्रमण अमेरिकाले आपूर्ति गरेको एटिएसिएमस मिसाइलले क्लस्टर वारहेडले भरिएको बताएको छ । मस्कोद्वारा स्थापित स्थानीय अधिकारीहरूले मिसाइलले बलौटे सामुद्रिक तट र होटलहरू भएको बन्दरगाह सहरको एक क्षेत्रमा प्रहार गरेको बताएका छन् । आक्रमणमा घाइते भएका २७ बालबालिकासहित ८२ जनालाई अस्पतालमा भर्ती गरिएको छ । तास समाचार एजेन्सीले सोमबार स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताएको छ । 

यसै महिना एएफपीलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको एक बैठकमा पुटिनले पश्चिमद्वारा युक्रेनलाई लामो दूरीको हतियार प्रदान गरेकामा आलोचना गरे । “हामीलाई विश्वका ती (पश्चिमी) मुलुकहरूको संवेदनशील संरचनाहरूमा हमला हुने क्षेत्रहरूमा एउटै वर्गको हतियारहरूको आपूर्ति गर्ने अधिकार हामीसँग किन छैन ?”, पुटिनले भने, “अर्थात प्रतिक्रिया समरूप नहुनसक्छ, यसका बारेमा हामी सोच्नेछौँ ।”

पेसकोभले युक्रेनी आक्रमणका लागि लक्षित डाटा पश्चिमी मुलुकहरूले प्रदान गराएको पुटिनको भनाइ उद्धृत गरे । रुसले सन् २०१४ मा क्रिमियामाथि एकपक्षीय कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले सोमबार भने, “क्रिमिया युक्रेन हो ।” उनले सामाजिक सञ्जालमा भने, “रुसले क्रिमिया प्रायद्वीप छाड्नुपर्छ, त्यहाँ उनीहरूको सेना र सैन्य वस्तुहरूको अस्तित्व समाप्त हुनुपर्छ ।”

युक्रेनी राष्ट्रपतिका वरिष्ठ सहयोगी मिखाइलो पोडोल्याकले पनि क्रिमियालाई वैध लक्ष्य भएको बताए । “सयौँ प्रत्यक्ष लक्ष्यहरूसहित क्रिमिया पनि ठूलो सैन्य शिविर र गोदाम हो, जसलाई रुसले आफ्नै नागरिकहरूसँग लुकाउने प्रयास गरिरहेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending