काठमाडौं । विशेष अदालतले डोल्पाको मुड्केचुला गाउँपालिकाको घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनलाई दोषी ठहर गर्ने फैसला सुनाएको छ ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उपभोक्ता समितिका अध्यक्ष, गाउँपालिकाका इन्जिनियर र ओभरसियरलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । गाउँपालिकाका निमित्त वडाध्यक्षसहितका स्वीकृतकर्ताको भने संलग्नता पुष्टि नभएको भन्दै विशेष अदालतले सफाइ दिएको छ । बढी रकमको बिल भौचर बनाउन स्वीकृत गरेका गाउँपालिकाका दुई कर्मचारीहरू इन्जिनियर देवराज रावत र ओभरसियर दीपनारायण यादवलाई दोषी ठहर गरेको छ ।
विशेषले उनीहरूलाई जनही तीन महिना कैद र तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवानाको हुने फैसला सुनाएको छ । यस्तै, घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकायालाई पनि दोषी ठहर गरेको छ । अदालतले अध्यक्ष रोकायालाई तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवाना हुने र कैद भने नहुने फैसला सुनाएको छ । उक्त रकम कायम भएको बिगो १० लाख ९७ हजार ९५० रुपैयाँ २९ पैसा उनीबाटै असुल हुने विशेषको फैसलामा उल्लेख छ ।
गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सडक आयोजना सञ्चालन भएको मुड्केचुला गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई भने विशेषले सफाइ दिएको छ ।
अख्तियारले निमित्त प्रशासकीय अधिकृत डाँगीले उनीहरूले ल्याएको काम गरेकोभन्दा बढी बिल भरपाई सदर गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: