Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

३३ केभी प्रसारण लाइनको विवाद समाधान

खबरडबली संवाददाता

सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र बिद्युत् प्राधिकरणबिच ६ बुँदै सहमति भएसँगै आइतबारदेखि काम पुनः सुचारु भएको हो । 

बराहताल गाउँपालिका–५, बड्डीचौरका स्थानीयहरूले विभिन्न मागहरू राख्दै अवरोध गरेका थिए । स्थानीयहरूले गाडेका पोल उखालेर फालिदिएका थिए । विद्युत् पोलका कारण जमिनको प्रभाव मुल्यांङकन कम हुने, मूल्य पनि कम हुने र बिक्री गर्दा पनि समस्या हुने भएकाले स्थानीयले उक्त स्थानबाट विद्युत् लाइन बिस्तार नगर्न आग्रह गरिरहेका थिए । 

स्थानीयको अवरोधका कारण चिसापानी–बाचियाचौर–बड्डीचौर हुँदै वीरेन्द्रनगर आउने उक्त ३३ केभी प्रसारण लाइनको काम रोकिएको थियो । आइतबार सरोकारवालाहरूसँग छलफलले बिद्युत् प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तीमा कालो तार लगाउने, ३ फेसको लाइन उपलब्ध गराउनेदेखि स्थानीयको कम क्षतिमा बिद्युत् पोल विस्तार गर्ने लगायतका सहमति भएका छन् । 

मुख्यमन्त्री कँडेलले प्रसारण लाइनको विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए । स्थानीय सरोकारवालाहरूको माग सम्बोधनमा आफ्नो पनि खबरदारी रहने उनको भनाइ छ । उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको बिद्युत् समस्या केही रूपमा समाधान हुने अपेक्षा गरिएको छ । उता कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनले लोड धान्न नसक्दा वीरेन्द्रनगरमा विद्युत् सेवा अनियमित हुने गरेको छ । उक्त लाइनमा पश्चिमबाट आएको ३३ केभी थपिएपछि अहिलेको समस्या केही रूपमा हल गर्ने बताइएको छ ।

उक्त वडाका वडाध्यक्ष धिमराज जोल्मीले आफूहरू विकास विरोधी नभएको तर नागरिकको ज्यान जोखिममा परेपछि बाध्य भएर प्रसारण लाइनलाई अवरोध गरेको बताए । 

उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री विन्दमान विष्टले पनि विवाद समाधानमा भूमिका खेलेका छन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी पनि विवादित क्षेत्रमै पुगेर स्थानीयसँग छलफल गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: