दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले आलोपालो प्रधानमन्त्रीको पक्षमा नरहेको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका– ११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोख्रेलले एमालेलाई प्रधानमन्त्री नचाहिएको बताए ।
‘हामीलाई प्रधानमन्त्री चाहिया छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन्’, उनले भने, ‘हामी यो समीकरणलाई आउने २०८४ काे चुनावसम्म कायम राख्न चहान्छौं । त्योभन्दा पछि पनि जान सक्छ ।’ ‘संसदको पहिलो र दोस्रो दल एक हुनुपर्ने’ कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको धारणाप्रति लक्षित गर्दै पोख्रेलले अहिले तत्काल समीकरण परिवर्तन गर्न नसकिने बताए ।
उनले भने, ‘संकटका बेला सबै राजनीतिक दलहरु मिलेको इतिहास पनि छ । तर, सरकार निर्माणको सन्दर्भमा कसैको पनि एकल बहुमत नभएकाले हामीले सरकार निर्माणको समीकरणका लागि खुल्ला गरेका थियौं । तर, त्यो बेला काँग्रेसले त्यो कुरा अस्वीकार गर्यो, त्यसकारण राजनीतिमा विश्वासको वातावरण हुनुपर्छ ।’
मुख्य नेतृत्वले दृष्टिकोण नबनाउँदा तलबाट मात्रै कुरा गरेर कुनै सम्भावना नहुने भन्दै मुख्य नेतृत्वले नै दृष्टिकोण निर्माणका लागि सहजीकरण गर्नुपर्ने पोखरेलको भनाइ थियो । महासचिव पोखरेलले टरिगाउँ एयरपोर्टको धावनमार्ग अब १५ सय मिटरमा विस्तार हुने कुरामा ढुक्क रहन सबैमा आग्रह गरे । ‘काँग्रेसकै पर्यटनमन्त्री हुँदा टरिगाउँ एयरपोर्ट विस्तार गर्न सकिँदैन, बरु नारायणपुर बनाउनुपर्छ भन्ने प्रतिवेदन बनेको थियो’, उनले भने, ‘त्यसपछि नारायणपुर बनाउनका लागि पहल भएपनि त्यहाँका बासिन्दाले एयरपोर्ट बनाउन नदिएपछि अब उत्तर–दक्षिण बनाएर टरिगाउँ एयरपोर्ट नै विस्तार हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: