दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले आलोपालो प्रधानमन्त्रीको पक्षमा नरहेको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका– ११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोख्रेलले एमालेलाई प्रधानमन्त्री नचाहिएको बताए ।
‘हामीलाई प्रधानमन्त्री चाहिया छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन्’, उनले भने, ‘हामी यो समीकरणलाई आउने २०८४ काे चुनावसम्म कायम राख्न चहान्छौं । त्योभन्दा पछि पनि जान सक्छ ।’ ‘संसदको पहिलो र दोस्रो दल एक हुनुपर्ने’ कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको धारणाप्रति लक्षित गर्दै पोख्रेलले अहिले तत्काल समीकरण परिवर्तन गर्न नसकिने बताए ।
उनले भने, ‘संकटका बेला सबै राजनीतिक दलहरु मिलेको इतिहास पनि छ । तर, सरकार निर्माणको सन्दर्भमा कसैको पनि एकल बहुमत नभएकाले हामीले सरकार निर्माणको समीकरणका लागि खुल्ला गरेका थियौं । तर, त्यो बेला काँग्रेसले त्यो कुरा अस्वीकार गर्यो, त्यसकारण राजनीतिमा विश्वासको वातावरण हुनुपर्छ ।’
मुख्य नेतृत्वले दृष्टिकोण नबनाउँदा तलबाट मात्रै कुरा गरेर कुनै सम्भावना नहुने भन्दै मुख्य नेतृत्वले नै दृष्टिकोण निर्माणका लागि सहजीकरण गर्नुपर्ने पोखरेलको भनाइ थियो । महासचिव पोखरेलले टरिगाउँ एयरपोर्टको धावनमार्ग अब १५ सय मिटरमा विस्तार हुने कुरामा ढुक्क रहन सबैमा आग्रह गरे । ‘काँग्रेसकै पर्यटनमन्त्री हुँदा टरिगाउँ एयरपोर्ट विस्तार गर्न सकिँदैन, बरु नारायणपुर बनाउनुपर्छ भन्ने प्रतिवेदन बनेको थियो’, उनले भने, ‘त्यसपछि नारायणपुर बनाउनका लागि पहल भएपनि त्यहाँका बासिन्दाले एयरपोर्ट बनाउन नदिएपछि अब उत्तर–दक्षिण बनाएर टरिगाउँ एयरपोर्ट नै विस्तार हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: