सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।
शुक्रबार कर्णाली प्रदेशसभाको बैठकमा शर्माले मौखिक रूपमा बोल्न समय माग्दा पनि अवसर नपाएको गुनासो गरे । जेनजी आन्दोलनको मुख्य कारण दलतन्त्र र दलभित्रको नेतातन्त्र भएको टिप्पणी गरे । शर्माले प्रदेशमा सांसदहरूको सेवा–सुविधा कटौती गरिएको भन्दै असन्तुष्टि जनाए । सांसदहरूको स्वकीय सचिव हटाउने निर्णयप्रति उनले प्रश्न उठाउँदै पुनः लागु गर्न माग गरे ।
“फारतिनोको नाममा स्वकीय सचिव हटाउनु समाधान होइन,” उनले भने, “कर्णालीजस्तो विकट प्रदेशमा संघीयताको प्रभावकारी कार्यान्वयन भएको छैन यसैमाथि प्रदेश सरकारको कानुनअनुसार पाएको सांसदहरूको सेवासुविधा खोस्न पाइँदैन ।” रुकुमका जनतामाथि प्रदेश सरकारले पूर्वाग्रह राखेको उनको आरोप छ । संसदीय सर्वोच्चता मिचिएको र मुख्यमन्त्रीकेन्द्रित शासन हाबी भएको गुनासो गरे । यस्तै, अवस्था रहे प्रदेश विघटनको माग उठ्न सक्ने चेतावनी दिए ।
शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दल परित्याग गरेको भन्दै सांसद पद नरहने गरी कारबाही गरेको थियो । शर्माले उक्त निर्णयलाई सर्वोच्च अदालतमा पुगेर चुनौती दिएका थिए । त्यसपछि उनको पद जोगिएको थियो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) ले विभिन्न कम्युनिस्ट घटकहरूसँग पार्टी एकता गर्दा जनार्दन शर्माले प्रचण्डको साथ छोड्दै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए । राजकुमार पनि जनार्दनसँगै सोही पार्टीमा लागे । अहिले राजकुमार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी कर्णाली प्रदेशको इन्चार्ज छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: