Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् । 

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘यूथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्नै पर्ने बताए । मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए । 

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै  उपप्रधानमन्त्री श्रेष्ठले भने– “यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन्, समस्यालाई सच्याएर अगाडि बढौँ ।”

उपप्रधानमन्त्री श्रेष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे । “राजनीतिक प्रणालीलाई प्रजातान्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रूपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपर्थ्यो, त्यसो हुन सकेको छैन”, उनले भने, “आर्थिक समृद्धिलाई तीव्र पारेर मुलुकलाई सबल बनाउनुपर्छ ।”

मुलुकमा वैचारिक र सांस्कृतिक रूपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । “राजनीतिक दलभित्र शुद्धीकरणको अभियान चलाउनुपर्छ, राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन”, उनले भन्, “मुलुकलाई आर्थिक रूपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले मुलुकलाई आर्थिक रूपमा सबल बनाउन नेपालका राजनीतिक दलहरू सक्षम रहेको बताइन् । “नेपाललाई समृद्धि बनाउन हामी सक्षम छौँ, चुनौती छन् तर त्यसलाई अवसरमा परिणत गर्न सक्छौँ”, उनले भनिन् । 

मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताइन् । “युवा राजनीतिमा मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान प्रविधिलगायत समाजका विविध क्षेत्रमा अगाडि आउनुपर्छ”, उनले भनिन्, “यसका लागि सरकार र सरोकारवाला निकायले युवामैत्री नीति र वातावरण बनाउनुपर्छ ।”

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व र सीप विकास तथा उद्यमशीलता र स्वरोजगारको बाटोमा उन्मुख गराउन सीमित साधन स्रोतका बाबजुद परिषद् क्रियाशील रहेको जानकारी दिए । उनले तीनै तहका सरकारले युवा मैत्री वातावरण तयार गर्ने मात्र नभई स्वदेशमै उद्यमशील र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

गणतन्त्र स्थापनापश्चात् मुलुकले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा ठुला उपलब्धि हासिल भएको उल्लेख गर्दै परिषद्का उपाध्यक्ष बस्नेतले भने, “शासकीय भूमिका तथा राज्यका निकायमा महिला, मधेसी, दलित, जनजातिलगायत अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको प्रतिनिधित्व बढेको छ ।” 

युवा पिँढीलाई भविष्यका कर्णधारका रूपमा मात्र सीमित नगरी वर्तमानको साझेदार र हिस्सेदार बनाउन सक्दा मात्रै युवाबाट मुलुकले फाइदा लिन सक्ने उनको भनाइ छ ।  कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले युवाको सीप, क्षमता र नेतृत्व विकासमा क्रियाशील विभिन्न सङ्घसंस्थालाई सम्मान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending