Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

गाजामा इजरायलको युद्धविरामले सहायता आपूर्तिमा कुनै असर नपारेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

खबरडबली संवाददाता

जेनेभा । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ ।

‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रिचर्ड पिपरकर्नले बताए । इजरायली सेनाले सप्ताहन्तमा पूर्वी रफाहको मुख्य सडकमा लडाइँमा दैनिक मानवीय ‘विराम’ घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले केही दिनपछि यो अझै खाँचोमा परेका मानिसहरूमा पुग्ने थप सहायतामा परिणत हुन नसकेको बताएका छन् । 

हमासले गत अक्टोबर ७ मा इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको आठ महिनाभन्दा बढीको युद्धले प्यालेस्टिनी क्षेत्रमा गम्भीर मानवीय अवस्था निम्त्याएको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले बारम्बार अनिकालको चेतावनी दिएको छ । इजरायली तथ्याङ्कको आधारमा इजरायलमा अक्टोबरमा भएको हमासको सुरुवाती आक्रमणमा एक हजार १९४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए । 

आतङ्वादीले ११६ जनालाई कब्जा गरी बन्धक बनाएका थिए । यसमध्ये सेनाले ४१ जनाको मृत्यु भएको बताएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको जवाफी आक्रमणमा कम्तिमा ३७ हजार ४३१ जनाको मृत्यु भएको थियो यसमा अधिकांश सर्वसाधारण रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: