Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोर कालोपत्रे गर्न सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडकखण्डको चौबीसे गाउँपालिकाअन्तर्गत फलामेटार–कुसेटार क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्न सुरु भएको हो ।

विराटनगरको रानी भन्सारदेखि धनकुटा–पाँचथर–ताप्लेजुङ हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको तमोर करिडोर कालोपत्रे थालिएको हो । विराटनगरको रानी भन्सारदेखि ताप्लेजुङको ओलाङचुङगोलास्थित चीन र नेपालको नाका टिप्तालासम्म करिब २५५ किलोमिटर दूरीको उक्त सडक धनकुटाको फलामेटार–कुसेटार खण्डमा कालोपत्रे गर्न थालिएको हो ।

पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको भालुचोकसम्म ११२ किलोमिटरमा कालोपत्रे गर्न गत वर्ष ठेक्का लागेको थियो । सरकारले पर्याप्त बजेट नदिएपछि कालोपत्रेको काम सुरु गरिएको थिएन । निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर करिडोरको ११२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुसेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर करिडोर आयोजनाले जनाएको छ ।

यो सडक पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न द्रुतमार्गका रूपमा निर्माण गरिएको हो । धनकुटाको मूलघाटदेखि भालुचोकसम्मको ११२ किलोमिटर सडक कालोपत्रेका लागि ०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा ठेक्का लागेको थियो । करिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रको चरणमा छ । तमोर करिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्ने सम्झौता भएको हो ।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न सरकारले ०६५ सालमा १० लाख बजेट विनियोजन गरेर आयोजना सुरु गरेको थियो । त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म ०६६ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।

आयोजनाका आनुसार अहिले ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको छ । तोकिएको समयभित्र फिदिमसम्म कालोपत्र कार्य सक्ने आयोजनाले जनाएको छ । यो सडक पूर्वी पहाडी जिल्लाको  आर्थिक समृद्धिसँग जोडिएको छ । तमोर करिडोरमा चार अर्ब १६ करोडमा दुईवटा कम्पनीले ठेक्का लिएका छन् । रौताहा क्षमादेवी जेभी र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको तमोर करिडोर सडक आयोजनाले जनाएको छ ।

मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्ड एपेक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: