Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ: उपसभामुख राना

खबरडबली संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताएकी छन् । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभामा उनले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएकी हुन् ।

“स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ”, उनले भनिन् । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन् । परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उनको भनाइ थियो । 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले परम्परागत खाना प्रवर्द्धनका लागि बूढानीलकण्ठ नगरपालिका लागेको बताए । उनले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि हानले काम गरिरहेको बताए । नेपालका पाँच हजारभन्दा बढी होटल नेपाली परम्परागत खाना प्रवर्द्धनमा जुटेको उनको भनाइ छ । अध्यक्ष शाहले पर्यटन दशकको समयमा सगरमाथा आधार शिविरमा सेफ्स सम्मेलन गरेर विश्वलाई सकारात्मक सन्देश दिन खोजेको भन्दै एशोसिएसनलाई धन्यवाद दिए । 

ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, रजनी फाउण्डेशनका अध्यक्ष रजनी थापा, वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालगायतले देश र विदेशमा नेपाली खाना प्रवर्द्धनका लागि नेपाली सेफ्सहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

एशोसिएसनका संस्थापक अध्यक्ष सुरेशचन्द्र बस्नेतको संयोजकत्वमा सन् २०२५ को मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन गरिने घोषणा कार्यक्रममा गरिएको थियो । विसं २०७६ मा स्थापना भएको एशोसिएसनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: