बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी रु २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ ।
प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई ‘बृहत् हेटौँडा सहर’ का रूपमा रूपान्तरण गर्न आगामी आवमा सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको प्रदेश सरकारले सङ्घीय सरकारको समन्वयमा विपद् जोखिमयुक्त बस्तीहरूमा स्थान्तरण गरी सामूहिक बस्ती विकास पाइलट परियोजना सुरुआत गर्ने जनाएको छ ।
प्रदेश लोकमार्ग तथा प्रदेश मार्ग निर्माण तथा स्तरोन्नति गर्ने र सडकको सीमा तोक्ने कार्यलाई प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गत कार्यान्वयन हुने गरी विशेष प्राथमिकता दिने र काठमाडौं उपत्यका तथा प्रदेश राजधानी हेटौँडाका नदी करिडोर व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने प्रदेश सरकारको योजना छ ।
प्रदेश सरकार गठन भएयता चालु आव २०८०/८१ को फागुन महिनासम्म एक हजार ६८ किलोमिटर नयाँ सडक, नौ सय सात किलोमिटर ग्राभेल र एक हजार ४२ किलोमिटर कालोपत्र भएको गरिएको बागमती प्रदेशमा आगामी आवमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकाका खस्र्याग खोला, महादेव खोला, हनुमन्ते खोला, चितवनको कयर, लदरी नदी करिडोरको सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गतका सडकमा पर्ने नदी, खोला तथा खोल्सीहरूमा सडक, पुल तथा झोलुङ्गे पुल निर्माणका लागि आगामी आवमा रु दुई अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।
अति सिमान्तकृत चेपाङ, बनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम र गरिब तथा विपन्न वर्गका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिन रु ४० करोड बजेट विनियोजन गरिएको प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै आगामी आवमा रुवी भ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले मानव विकास सूचाङ्कमा पछाडि परेका थप स्थानीय तहमा एकीकृत विकास कार्यक्रम विस्तार गर्ने गरी बजेट तथा योजना अगाडि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: