कालीकोट । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गर्नु भएको हो ।
त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताए । ‘कोभिड सङ्क्रमणपछि उहाँले जीवनको अन्तिम समय कस्तो हुन्छ भनेर नजिकबाट भोग्नुभयो । उहाँको त्यतिबेलाको अवस्थाबारे मैले निरन्तर डाक्टरसँग जानकारी लिइरहेको थिए । त्यो कठिन अवस्था जितेर उहाँले नयाँ जीवन पाउनुभएको हो । यो कुरा सबैले थाहा पाउने छन्, सायद कोभिडमा धेरैका अनुभव यस्तै थिए ।” उनले भने ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुञ्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राखे ।
लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाए । ‘त्यस व्याधिले वर्षभरी थलिए । फोक्सो र टिभी (क्षयरोग)बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ”, विष्टले भने, “फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो । तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु ।” साहित्यमा आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजना हुने भन्दै उनले दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ भन्ने मान्यतासहित आफ्ना सुख दुःख यस किताबमा राखेको उनको भनाइ छ ।
यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय(२०७७) प्रकाशन गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: