Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ । 

गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन वाग्द्वार पुगे । सुन्दरीजलबाट माथि लागेपछि नै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वातावरणमा रमाउँदै जाँदा हप्ता दिनको थकान मेटिएको अनुभव उनले सुनाए । मुहान क्षेत्रको वाग्मती सफाइ अभियानकर्मीको समूहसँगै उनि पदयात्रा गर्दै वाग्द्वार पुगेका हुन् । 

काठमाडौं उपत्यकामा विभिन्न पेसा र व्यवसायी गरी बसेका सुवेदीजस्तै धेरै मानिसले साप्ताहिक बिदा मनाउने गन्तव्यका रुपमा यस क्षेत्रलाई रोज्न थालेका छन् । बढ्दो गर्मीमा एक दिन बिदा पाएकाहरु उपयुक्त गन्तव्यको खोजीमा हुन्छन् । यस्तो बेलामा धेरैले वन, जङ्गल, शीतल, छहारी खोज्ने गर्छन् । यस्तो खोजीमा रहनेहरुका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वार उपयुक्त गन्तव्य बन्न थालेको छ । 

वाग्द्वार पुग्न सुन्दरीजल, तारेभीर र बूढानीलकण्ठ गरी तीन मार्गबाट जान सकिन्छ । सुन्दरीजलबाट मूलखर्क, ओखरेनी, देउराली हुँदै त्यहाँ पुग्न सकिन्छ । यो मार्गबाट जाँदा साधन हुनेले देउरालीसम्म लिएर जान सक्छन् । देउरालीबाट करिब सवा घण्टाको पैदल यात्रापछि वाग्द्वार पुगिन्छ । सार्वजनिक यातायात प्रयोग गर्नेले भने रत्नपार्कबाट सुन्दरीजल हुँदै ओखरेनी जाने बस कुर्नुपर्ने हुन्छ । यस रुटमा दिनमा तीन वटा बसमात्र जाने भएकाले बस कुरेर बस्नुपर्ने बाध्यता छ । 

तारेभीरबाट पनि वाग्द्वारको पदयात्रामा पुग्न सकिन्छ । रत्नपार्कबाट गोकर्ण, सुन्ताखान हुँदै तारेभीरसम्म सवारी साधनमा जान सकिन्छ । तारेभीरसम्म जाने सार्वजनिक यातायात नभएकाले पदयात्री आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । सुन्ताखानसम्म भने रत्नपार्कबाट सार्वजनिक यातायात पाइन्छ । त्यस क्षेत्रमा अटो सेवा भने उपलब्ध छ । तारेभीरबाट पनि करिब दुई घण्टाको पदयात्रापछि वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट वाग्द्वार पुग्दा पनि पदयात्रीले आनन्दानुभूति गर्छन् । 

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी पण्डितगाउँका स्थानीयवासी हेमन्तकेशर पण्डित सुन्दरीजलबाट सार्वजनिक यातायात र पैदलगरी करिब तीनदेखि चार घण्टामा वाग्द्वार पुगिने गरेको बताउँदै गोकर्णबाट तारेभीर हुँदै जाँदा तीन घण्टामै वाग्द्वार पुग्न सकिने बताउँछन । सुन्दरीजलभन्दा यो मार्ग छोटो भएकाले तारेभीरसम्म सार्वजनिक यातायातको राम्रो प्रबन्ध गरे वाग्द्वार जाने आन्तरिक एवं बाह्य पर्यटक बढ्ने उनि बताउँछन् । 

बूढानीलकण्ठबाट पनि करिब दुई घण्टामै वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट पनि गुम्बा नजिकैसम्म यातायात र त्यसपछि करिब पौने घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जको शीतलता अनुभव गर्दै यातायात र पैदल गरी वाग्द्वार पुगेर पदयात्रीले बिदा मनाउँदै आनन्द लिन सक्छन् । राजधानीमा पाँच वर्षमै बढी तापक्रम मापन भइरहेको दिन शनिबार निकुञ्जको मार्ग हुँदै वाग्द्वार पुग्ने पदयात्रीले भने शीतलता र आनन्दानुभूति गरे । 

बूढानीलकण्ठबाट साथीहरुसँगै वाग्द्वार पुगेकी टोखाकी सन्ध्या श्रेष्ठ महिनामा एकपटक पैदल यात्रा गरेर निकुञ्जको बाटो हिँड्ने अनुभव गरिएको सुनाइन । यसो गरेमा शरीरमा स्वच्छ अक्सिजनको प्रवाह हुने अनुभूति गरेको उनिले बताउँछिन् । विभिन्न मार्ग प्रयोग गरी वाग्द्वार पुगेका सबै पदयात्रीको समान अनुभूति भनेको असारको उखरमाउलो गर्मीमा शीतलताको अनुभूति हो । यसले काममा पनि तरोताजा भइने सबैको समान धारणा छ । 

वाग्द्वार क्षेत्रका तीर्थ एवं पर्यटकीय स्थल

वाग्द्वार करिब दुई हजार पाँच सय मिटरको उचाइमा पर्छ । वाग्द्वार खोँच परेको स्थानमा भएकाले गर्मीको समयमा धेरै घाम लाग्दैन । केही बेर लाग्ने घाम पनि रुख, बिरुवाको छहारीले छेकिदिन्छ । तीन घण्टासम्मको पदयात्रा गरेर असिन पसिन भई वाग्द्वार पुगेका पदयात्रीलाई कुनामा धाराबाट झरेको कलकल पानी र चराचुरुङ्गीको आवाजले स्वर्गकै अनुभूति हुन्छ । यहाँबाट करिब २० देखि ३० मिनेटको दूरीमा तीन चुली भन्ने अग्लो भाग पुग्न सकिन्छ । यहाँ करिब २२ वर्षसम्म स्वामी चन्द्रेशले तपस्या गरेर बसे । यसभन्दा केही माथिको भागमा शिवपुरी बाबाले तपस्या गरेका थिए । 

वाग्द्वारबाट शिवपुरी डाँडा ३० देखि ४० मिनेटको दूरीमा छ । रमणीय यो डाँडामा पदयात्रा गरी पुग्न आन्तरिक र बाह्य पर्यटक लालायित हुन्छन् । यसको नजिकैबाट नै नुवाकोट जिल्लाको सीमा सुरु हुन्छ । बूढानीलकण्ठको पानी मुहान वाग्द्वारबाट दुइदेखि साढे दुई घण्टाको दूरीमा रहेको छ । सुन्दरीजल र तारेभीरबाट पदयात्रा गरी गएका पर्यटकको भीड पनि लाग्ने गर्छ । सुन्दरीजल वा तारेभीरबाट वाग्द्वार छिरेर पानीमुहानबाट राजधानी फर्कने पर्यटक धेरै हुने गरेका छन् ।

यस क्षेत्रको अर्को महत्वपूर्ण पर्यटकीयस्थल नागी गुम्बा हो । वाग्द्वार पुग्ने धेरै पर्यटक नागी गुम्बा पनि जाने गर्छन् । शान्ति प्राप्तिका लागि पनि गुम्बा महत्वपूर्ण पर्यटकीयस्थल हो । यो स्थल बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको छ ।

वाग्द्वार क्षेत्रमा साधनारत साधुसन्त

वाग्द्वार क्षेत्रमा हाल सत्यानन्द शिवाचार्य (वाग्द्वार बाबा), टोड्के बाबा, ॐ बाबालगायतका साधुहरु साधनारत छन् । वाग्द्वार बाबाले वाग्द्वार वरपर रहेका मठ मन्दिरमा नित्य पूजा र आरती गर्दै आएका छन् । वाग्द्वार क्षेत्रमा बेलुकी बत्तीको व्यवस्था नहुँदा आरती गर्न समस्या हुने गरेको छ । निकुञ्ज प्रशासनलगायतलाई अनुरोध गर्दा पनि बत्तीको व्यवस्था हुन नसकेको वाग्द्वार बाबाले गुनासो गरे । 

निकुञ्ज प्रशासनले आफूलाई पानीमुहानस्थित कार्यालयमा बोलाएर असार ७ गते वाग्द्वार छोड्ने गरी तयार पारेको कागजातमा हस्ताक्षर गराएको गुनासो गरे । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने यो तीर्थस्थलमा नित्य पूजा, आराधना गरिरहेका साधुलाई हटाउन लागिएकामा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । 

यहाँ रहेको ऐतिहासिक एवं राजनीतिकस्थल बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पूजा, आराधना गरी वाग्द्वार क्षेत्रको सेवा गरिरहेका साधुलाई निकुञ्जले अन्यायपूर्वक निकालेकामा आपत्ति जनाए । वाग्द्वार क्षेत्रको धर्म, संस्कृतिमा प्रभाव पार्ने यस्ता काम नगर्न चेतावनी दिइएको उनले बताए । स्थानीयवासीको माग अनुसार निकुञ्ज प्रशासनले यस्ता काम बन्द नगरे कार्यालय घेराउ गर्न बाध्य हुनुपर्ने स्थानीय मोहन लामाको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending