काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेविसङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको इतिहासबाट नेविसङ्घलाई अलग राख्ने हो भने इतिहास नै अपुरो हुने उल्लेख गरे। वि.सं. २०२७ मा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई सङ्गठित गरी प्रजातान्त्रिक आन्दोलन सुदृढ बनाउन नेविसङ्घको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टीले भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको बताए ।
पछिल्लो समय नेविसङ्घका गतिविधिलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै महामन्त्री घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र नयाँ दलहरूको उदयका बिच नेविसङ्घको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेकोमा जोड दिए। उनले भने, “कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्ने कुरा पार्टीकै अधिकार क्षेत्रभित्रको विषय हो, तर यो संस्था पार्टीको सन्तान जस्तै हो ।”
नेपालमा ४० वर्षमुनिका झन्डै एक करोड २० लाख युवा जनमत रहेको तथ्य औँल्याउँदै उनले कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताए। उनले नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायतका अन्य भ्रातृ संस्थाका विषयमा पनि पार्टीले समयमै संस्थागत निर्णय गर्ने तयारी गरिरहेको जानकारी दिए।
आइतबार बिहान नेविसङ्घका कार्यकर्ताको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको र वर्तमान नेतृत्वले सङ्गठनको गरिमामा आँच पुर्याएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएको थियो । गणपूरक सङ्ख्याको न्यूनतम उपस्थिति समेत नभएको बैठकले निर्णय गर्नु अवैधानिक हुने उनीहरूको जिकिर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: