एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीहरूले शुक्रबार राज्यमा एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् ।
“त्यहाँ आत्तिनुपर्ने कुनै कारण छैन र मानिस वा चराबाट मानिसमा सर्ने कुनै पनि नयाँ घटना देखिएको छैन”, उनीहरूले भनेका छन् । अधिकारीहरूले कुखुरा, अण्डा र हाँसको मासु जस्ता कुखुरा उत्पादनहरूको उपभोगमा कुनै प्रतिबन्ध नभएको पनि स्पष्ट पारेका छन् ।
स्वास्थ्य विभागका अनुसार मालदा जिल्लाको कालियाचकका एक बच्चालाई जनवरीमा एभियन इन्फ्लुएन्जा पत्ता लागेको र उपचारपछि निको भएको थियो । केसहरू पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्यहरू र अन्य व्यक्तिहरूको सक्रिय निगरानी गरेको थियो र कसैमा पनि भाइरसको सङ्क्रमण देखा परेन ।
यस हप्ताको सुरुमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि गर्यो । विश्व स्वास्थ्य निकायका अनुसार पश्चिम बङ्गालका चार वर्षीय बालकमा ‘एच–९एन–२’ भाइरसबाट हुने बर्ड फ्लुबाट मानिसमा सङ्क्रमण देखिएको हो । बच्चा निको भएको छ र तीन महिनाको निदान र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सन् २०१९ मा पहिलो पटक भारतबाट डब्लुएचओलाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:५१
जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
प्रतिकृया लेख्नुहोस्: