एजेन्सी । महिला जननाङ्ग विकृति (एफजीएम) प्रक्रियाका लागि युवतीहरुलाई उनीहरुको परिवारले अन्य देशहरुमा लैजाने क्रम बढ्दो भएपछि यस विरुद्धको लडाइँ कमजोर भइरहेको संयुक्त राष्ट्र सङ्घले शुक्रबार चेतावनी दिएको छ ।
यसले सीमापार र अन्तरदेशीय एफजीएमको समस्या समाधान गर्न ठोस विश्वव्यापी कारबाही आवश्यक रहेको बताएको छ ।
धेरै देशहरूले एफजीएम उन्मूलन गर्ने प्रयासहरू बढाएको छ । यो अभ्यास विश्वभर जारी रहे पनि केही क्षेत्रका मानिसहरुले युवतीहरूलाई गोप्य रुपमा विदेश लगेर यो प्रक्रिया गराउने अभ्यासका कारण यस्तो अवस्था आएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयबाट जारी प्रतिवेदनले जनाएको छ ।
विशेष गरी युरोप र उत्तरी अमेरिकाका परिवारहरूले आफ्ना छोरीहरूलाई स्कूल बिदाको समयमा एफजीएम गर्न आफ्नो मूल समुदायमा लैजाने गरेको कार्यालयले जनाएको छ । अफ्रिकाका अधिकांश देशहरूले यस अभ्यासलाई अपराधीकरण गरेको भएतापनि केही देशहरूले 'अन्तरदेशीय एफजीएम हबहरू' को रूपमा सेवा गरेको प्रतिवेदनले जनाएको छ ।
महिला जननाङ्ग विकृति लैङ्गिक हिंसाको हिस्सा भएको जनाउदै मानव अधिकारको सम्मान गर्ने ब्रह्माण्डमा यसको कुनै स्थान नभएको संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा जनाए ।
राष्ट्रसङ्घींय बाल एजेन्सी (युनिसेफ)ले एफजीएमलाई “महिलाको बाह्य अङ्गहरु गैर–चिकित्सा कारणले आंशिक वा पूर्ण रूपमा हटाउने भनेर परिभाषित गरेको छ । यसले सङ्क्रमण, रक्तस्राव, बाझोपन र प्रसवमा हुने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने युनिसेफले जनाएको छ ।
राष्ट्रसङुघकोे यौन र प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपिए)का अनुसार आज जीवित २० करोडभन्दा बढी बालिका र महिलाहरूको एफजीएम भइसकेको छ ।
यदि यो अभ्यास हालको गतिमा जारी रह्यो भने सन् २०१५ देखि २०३० को बीचमा अनुमानित ६८ मिलियन केटीहरूको एफजीएमको सिकार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...
पौष ३ गते, २०८२ - १७:५१
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...
पौष ३ गते, २०८२ - १७:४८
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...
पौष ३ गते, २०८२ - १७:४७
नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...
पौष ३ गते, २०८२ - १७:४५
नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...
पौष ३ गते, २०८२ - १७:४२
काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...
पौष ३ गते, २०८२ - १७:४०
काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...
पौष ३ गते, २०८२ - १७:३८
जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...
पौष ३ गते, २०८२ - १७:३६
कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...




प्रतिकृया लेख्नुहोस्: