Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड: राष्ट्रसङ्घ

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (यूएनएचसीआर)ले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, “द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।” युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए । 

युएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो । ग्रान्डीले एएफपीसँग कुरा गर्दै आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आँकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै उनले यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भनेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending