एजेन्सी । गाजामा हमासविरुद्धको युद्धमा मानवताविरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ ।
गाजा युद्धमा राष्ट्रसङ्घका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूहले युद्ध अपराध गरेको पनि पत्ता लगाएको छ । इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवता विरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको जानकारी गराइएको छ ।
प्रतिवेदनमा ‘गाजाका आम–नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ । इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण र स्पष्ट इजरायल विरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गर्नुका साथै इजरायली सेना (आईडीएफ) विरुद्धको झूटा आरोप र मानहानियुक्त भएको मन्त्रालयले बताएको छ ।
आयोगले गत अक्टोबर ७ को आक्रमणमा हमास र अन्य सशस्त्र समूहका सदस्यहरूले पनि हत्या, हताहत, दुब्र्यवहार, बन्धक र यौनिक तथा लैङ्गिक हिंसाजस्ता अपराध गरेको पुष्टि गरेको छ । “हमास र प्यालेस्टिनी सशस्त्र समूहहरूले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,” संयुक्त राष्ट्रसङ्घकाका पूर्व अधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेले भने ।
हमासले संयुक्त राष्ट्रसङ्घको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: