पोखरा । नेकपा माओवादी केन्द्र गण्डकीले फ्लोर क्रसबारे सांसद फणीन्द्र देवकोटालाई स्पष्टीकरण साेधेकाे छ । गण्डकी प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने सांसद फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ हाे ।
माओवादी गण्डकी संसदीय दलको सोमबारको बैठकले २४ घन्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार देवकोटालाई बुधबार स्पष्टीकरणका लागि पत्र पठाइएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
उनका अनुसार २४ घन्टा बितिसक्दा पनि हालसम्म स्पष्टीकरण प्राप्त भएकाे छैन् । माओवादीको चुनाव चिन्ह्र लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले गत सोमबार मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।
त्यसवापत उनले बुधबार ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री पद पाएका छन् । देवकोटालाई संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको संसदीय दलका नेता चुमानले बताए ।
उनले भने, ‘हामीले सोमबार नै स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं । सोहीअनुसार मंगलबार २४ घन्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हौं । हालसम्म स्पष्टीकरण प्राप्त भएको छैन । उनले स्पष्टीकरणकाे उत्तर नआए भोलिदेखि कारबाही प्रक्रिया सुरु गर्ने पनि बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: