दैलेख । एकदशक अघिसम्म चालिस परिवार बसोवास गर्ने गरेको दैलेखको भगवतीमाई गाउँपालिका–२ मा बस्ती पाललिएको छ । सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँ सर्ने क्रमसँगै गाउँमा यस्तो अवस्था देखिएको हो ।
अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् । वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले बताए । अहिले गाउँमा रहेका पुराना घर जीर्ण र खेतबारी बाँझै भएका उनको भनाई छ । शर्माले आँखा तराईतिर भएकाले पहाडमा कोही बस्नै नमान्दैन्ने गरेको बताए ।
उनहाँका अनुसार गाउँका केही मानिस तराई झरेका थिए तर अहिले त सबै आफन्त तराई सरेपछि गाउँ रित्तो भएको छ । पहाडमा बस्नेको सुखदुःखमा साथ दिने मानिस पनि नभएको उनले गुनासो गरे । भगवतीमाई गाउँपालिका–२ का मात्र होइन, गाउँ पालिकाका अधिकांश बस्तीमा बसाइँ सर्ने क्रम पछिल्ला दिनमा झन् बढ्दै गएको छ । पहाडी क्षेत्रमा उब्जाउ कम हुने र रोजगारीका अवसर पनि नहुने भएकाले तराई झर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
सहरमा रोजगारी भएकाहरू गाउँ फर्किन नमान्ने र रोजगारी खोज्नेहरू पनि सहर बजारमा बस्ने भएकाले गाउँ रित्तो हुनु स्वाभाविक भएको भगवतीमाई गाउँपालिका–४ का खेमराज थापाले बताए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले युवालाई रोजगारीमा जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि बसाइँ सर्ने क्रम नरोकिएको बताए । पहिले गाउँघरतिर सडक थिएन । स्वास्थ्यका पूर्वाधार निर्माण भएका थिएनन्, शिक्षाको अवस्था पनि त्यस्तै थियो तर अहिले त स्थानीय सरकार गठन भएपछि गाउँमा धेरै परिवर्तन भएपनि गाउँ छाड्ने क्रम रोक्न नसकिएको उनले बताए । गाउँ रित्तो हुनु नै दुर्भाग्य भएको उनले बताए ।
स्थानीय सरकारले नागरिकले अपेक्षा गरे अनुरूपका विकास गर्न नसकेको स्वीकार गर्दै उनले भने, “रोजगारीका अवसर दिन सकिएको छैन तर विकासका पूर्वाधार त प्रशस्त भएका छन् । रोजगारी नै सबैको प्राथमिकतामा परेकोले भौतिक विकासले मात्र बसाइँसराइ हुने क्रमलाई रोक्न सकिएन ।” ज्वाला माध्यमिक विद्यालयका शिक्षक कमल अधिकारीले भने, “धेरै गाउँ रित्ता भए, प्रशस्त अन्न फल्ने मलिला फाँट बाँझो भएका छन् । पहाडी क्षेत्रका लागि यो निकै संवेदनशील विषय भएको छ ।”
पहाडी क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत कुराको विकास र सम्भावनाको खोजी गर्नेतर्फ कसैको ध्यान नगएका कारण पहाड रित्तिने अवस्थामा पुगेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: