Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ ।  गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक ममिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित गोष्ठीमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनेलगायत विषयमा छलफल भएको थियो । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गोष्ठीका निष्कर्षलाई कार्यान्वयन, प्रभावकारी सूचना व्यवस्थापन, गैरकानुनी कार्य र सामाजिक सद्भाव विथोल्ने गतिविधिलाई समयमै कानुनको दायरामा ल्याउन सबै सुरक्षा निकाय र सरोकार भएकाहरू थप क्रियाशील हुने निर्णय गरिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए । 

गोष्ठीले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र  परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउने, निजी हतियारको प्रयोग व्यवस्थित गर्ने, सुरक्षा व्यवस्था र सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने जोड दिएको पनि उनले बताए । यसैगरी गोष्ठीले अपराध र लागुऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनका काम थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । 

गोष्ठी समापनका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्की शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न गोष्ठीबाट उत्साह थपिने विश्वास व्यक्त गरे । उनले नागरिकले परिवर्तनको अनुभूति गर्ने किसिमका काम गर्नुपर्ने र यस्ता काममा खटिने सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताए । 

मुख्यमन्त्री कार्कीले भने, “जनताको आशा र भरोसा जगाउन सबैले आआफ्नो ठाउँबाट इमान्दार प्रयत्न गर्नु पर्छ ।” शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरी परिचालन गर्ने अधिकार दिइनुपर्ने उनको भनाइ छ । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरी र  सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका अधिकृत, १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला तहका प्रहरी प्रमुख, गृह मन्त्रालयका अधिकृतहरु, प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृतहरुको गोष्ठीमा सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: