Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हाम्रो पार्टीले मार्क्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्छः अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताएका छन् । 

समाजवादी अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निरंकुशताविरुद्धको सङ्घर्षमा क्रियाशील हुँदै जनअधिकार तथा सामाजिक रुपान्तरणमा कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । 

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मातहतका कमिटीमा छलफलका क्रममा रहेका जानकारी दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश विकास तथा समृद्धिका लागि श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक उत्पादन र  औद्योगीकरणको खाँचो औँल्याए । 

उनले विश्व परिवेशमा परिवर्तित शक्ति सन्तुलनले राष्ट्रियतामाथि पार्ने प्रभाव, अस्थिरता तथा वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्न लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच कायम राजनीतिक अन्तरविरोध कम गर्नुपर्ने उल्लेख गरे । 

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी, शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या अन्त्य गर्न, सबै प्रकारका विभेद तथा भेदभाव निर्मूल गर्न समाजवादी वैचारिक कार्यदिशा सही हुनुपर्ने विचार व्यक्त गरे । उनले वर्तमान राजनीतिमा बढेको अविश्वासले प्रतिक्रियावादी शक्तिहरूलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए । 

महासचिव घनश्याम भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पार्टी सङ्गठन विभाग सचिव अशेष घिमिरेले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैलाई आग्रह गर्दै उहाँले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि वैज्ञानिक समाजवादको महत्वमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: