काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुनस अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो । घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह(कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।
निर्वाचित कार्यसमिति सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल ९अर्जुन० निर्वाचित भएका छन्।
निर्वाचन अघि सम्पन्न उद्घाटन सत्रको शुभारम्भ बागमती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकार अटो व्यवसायीका समस्याहरू हाल गर्न र व्यावसायिक वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । उनले संघसँग नेपालको यातायात क्षेत्र र अटो व्यवसायको सेवालाई थप प्रभावकारी पार्न सहकार्य गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।
देशभरका १४५ रिकन्डिसन अटो व्यवसायीहरू आबद्ध रहेको सो संस्थाको अधिवेशन उद्घाटन सत्रमा अटो व्यवसायी तथा अधिवक्ता रुद्र प्रसाद ढुङ्गेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत लोकार्पण गरिएको थियो । लेखक तथा अधिवक्ता ढुङ्गेल हिजो सम्पन्न अधिवेशनमा निर्वाचन समिति प्रमुखको भूमिकामा समेत रहेका थिए । मन्त्री लम्सालले सो पुस्तकले यातायात क्षेत्रमा विद्यमान कानुनबारे आम नागरिकलाई सु-सूचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: