भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । प्रेस युनियन, भक्तपुरको बहिष्कारका बीच पनि शाखाको अधिवेशन सम्पन्न भएको हो ।
साधारणसभाको आज उद्घाटन गर्दै सांसद दुर्लभ थापाले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नुपर्ने बताए । उनले वास्तविक पत्रकार ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने धारणा राख्दै सांसद थापाले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नसक्नुपर्ने बताए ।
जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने भन्दै आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको बताए ।
देशभरका करिब १३ हजार पत्रकारबाट शुद्धीकरण गरी सात/आठ हजार पुर्याउनु आफैँमा चुनौतीपूर्ण काम भएको उनले बताए । सांसद थापाले माथवरसिंह बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पूर्णभक्त दुवाललाई स्व भगवान् राजकुमार महर्जन स्मृति पुरस्कार, चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्णप्रसाद नेपाललाई स्व मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरेका थिए ।
मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झा, काठमाडौं शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा भक्तपुरको पत्रकारिता बुलेटिनको विशेष अतिथिबाट विमोचन भएको थियो । विविध कारणले आज भएको उक्त अधिवेशनबाट नयाँ पदाधिकारी चयन भने भएको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: