Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पत्रकार महासङ्घ भक्तपुरको अधिवेशन सम्पन्न

खबरडबली संवाददाता

भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । प्रेस युनियन, भक्तपुरको बहिष्कारका बीच पनि शाखाको अधिवेशन सम्पन्न भएको हो । 

साधारणसभाको आज उद्घाटन गर्दै सांसद दुर्लभ थापाले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नुपर्ने बताए । उनले वास्तविक पत्रकार ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा जोड दिए । 

लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने धारणा राख्दै सांसद थापाले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नसक्नुपर्ने बताए । 

जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने भन्दै आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको बताए । 

देशभरका करिब १३ हजार पत्रकारबाट शुद्धीकरण गरी सात/आठ हजार पुर्‍याउनु आफैँमा चुनौतीपूर्ण काम भएको उनले बताए । सांसद थापाले माथवरसिंह बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पूर्णभक्त दुवाललाई स्व भगवान् राजकुमार महर्जन स्मृति पुरस्कार, चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्णप्रसाद नेपाललाई स्व मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरेका थिए । 

मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झा, काठमाडौं शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा भक्तपुरको पत्रकारिता बुलेटिनको विशेष अतिथिबाट विमोचन भएको थियो । विविध कारणले आज भएको उक्त अधिवेशनबाट नयाँ पदाधिकारी चयन भने भएको छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: