Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

अधिकांश नागरिक न्यायको पहुँचबाहिर

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका अधिकांश नागरिक सहज न्यायको पहुँचबाहिर रहेको पाइएको छ । शुक्रबार सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा कर्णालीका नागरिकमा  सहज रूपमा न्यायको पहुँच पुग्न नसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम एटुजेड परियोजना संयोजक इमान सुनारले कर्णालीका २४ प्रतिशत नागरिक मात्र न्यायको पहुँचमा रहेको जानकारी दिए । यसै गरी २१ प्रतिशत नागरिकले निःशुल्क कानुनी सहायताबारे जानकारी पाएको र ७९ प्रतिशत नागरिकले सोबारे जानकारी नपाएको अध्ययनमा देखिएको उनले बताए । यी तथ्याङ्कले कर्णालीवासीलाई न्यायको सहज पहुँचमा ल्याउन र निःशुल्क कानुनी सहायताबारे प्रचारप्रसारको आवश्यकता देखिएको उनको भनाइ छ । 

न्याय प्राप्त गरेपछि मात्रै लोकतन्त्रको पनि अनुभूति गर्न पाउने भएकाले कर्णालीवासीलाई न्यायमा पहुँच बढाउन जरुरी रहेको छ । पुरानै सोच र शैलीले नागरिकले सहज र छिटो न्याय प्राप्त गर्न नसक्ने उनले बताए । जनतालाई निःशुल्क कानुनी सहायताबारे राम्रोसँग जानकारी पनि नभएकाले यसका बारेमा सबैलाई सहज प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए । 

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले निःशुल्क कानुनी सहायता माग्ने वर्गको पहिचान गरिनुपर्ने बताए । उनले कानुन संशोधन गरेर भए पनि विपन्न वर्ग, समुदायको न्यायमा सहज पहुँच बढाउनुपर्ने उल्लेख गर्नुभयो । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले सङ्घ, प्रदेश र स्थानीय तहले न्यायमा पहुँच बढाउनका लागि आआफ्नो कानुन बनाउनुपर्नेमा जोड दिए ।  प्रत्येक पालिकामा हिंसापीडितका लागि सुरक्षित घर बनाउन सुझाव दिँदै निःशुल्क कानुनी सहायताबारे प्रचारप्रसार हुन नसक्दा सेवा कम भएको उनकाे भनाइ थियो

नागरिक समाज सञ्जालका प्रदेश अध्यक्ष पीताम्बर ढकालले विपन्न वर्गलाई न्यायमा पहुँच बढाउन निकै कठिन भएको बताउनुभयो । कुनै हिंसा भोगेका महिला तथा बालबालिकाका लागि कर्णाली प्रदेशमा सुरक्षित आवासगृह र बाल सुधारगृह नहुँदा समस्या बढेको बताउँदै न्याय माग्न आउँदा भोग्नुपर्ने प्रक्रियाले पीडित थप पीडित बन्न पुगेको जनाए । 

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले सरकारी तवरबाट सुरक्षित आवासगृह नबने पनि संस्थागत रूपमा आवाजले तत्कालका लागि हिंसापीडित महिला र बालबालिकाका लागि आवासगृह सञ्चालन गरेको जानकारी दिइन् । उनले न्यायमा पीडितको सहज पहुँच हुन नसक्दा पीडकले थप पीडा दिने गरेको पाइएको बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending