Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’

खबरडबली संवाददाता

सिन्धुली । जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षालाई संस्थागत गर्न सकिन्छ भनि सिकाउन लागि विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको हो ।

जिल्ला सदरमुकामका १० वटा नीजि र १३ वटा सामुदायिक विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विद्यालयले खेलकुद, सामाजिक वा अन्य कुनै शिक्षकलाई पुलिस टिचरको रुपमा तोकेपछि प्रहरीले उनीहरुलाई नियुक्त गरेको हो । जिल्लाका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पुलिस टिचरले आफ्नो विद्यालयका बालबालिकालाई आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग, लागु औषध मादक पदार्थ, सुर्तिजन्य पदार्थ र साईबर अपराध, बालबालिका, यौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धि, सामाजिक विकृति, दाईजो प्रथा, बोक्सीको आरोप सम्बन्धि प्रशिक्षण गर्ने छन ।

यस्तै उनीहरुले विपद जोखिम न्युनिकरण, लैंगिक हिंसासँग आकर्षित कानुनहरु, एकद्धार संकट व्यवस्थापन केन्द्र लगाएतका ’boutमा समेत प्रशिक्षण दिने छन । प्रहरीले ति विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति समेत निर्माण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले एकल प्रयासले मात्र सामाजिक विकृति, लैंगिक हिंसा, बालबालिकामाथि हुने अपराध नियन्त्रण सम्भव नभएकाले प्रहरीले विद्यालय स्तरमा सचेतना दिने र सहकार्य गर्ने गरेको बताए ।

प्रहरीले स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रमको कार्यविधि बनाएर सो कार्यको सुरुवात गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले तयार गरेको पाठ्यक्रम अनुसार जिल्लामा पुलिस टिचर कार्यक्रम सुरु भएको हो ।

जिल्लाका सबै स्थानीय तहका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गरिने र सबै विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति निर्माण गरिने काफ्लेले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीसँग विद्यार्थी कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न विद्यालयका विद्यार्थीहरुसँग भेटघाट तथा विभिन्न विषयमा प्रत्यक्ष अन्तक्र्रिया समेत गरिरहेको छ ।

अभियानलाई सफल बनाउन र समुदाय सुरक्षालाई मजबुत बनाउन प्रहरीले दैनिक विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेको पनि काफ्लेले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE