Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन

खबरडबली संवाददाता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण रानाले अनुगमनका कममा दिएको निर्देशन पालना नगरे आगामी आर्थिक वर्षमा पालिकाभित्रका सहकारीलाई खारेजीसम्मका प्रक्रियामा लैजान सकिने जानकारी दिए । 

“बैठक समयमा नबसेको, ऋण दिँदा कागजात नमिलेकोलगायत विभिन्न समस्या देखिएका छन्”, प्रमुख रानाले भने । उनले ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको अवस्था पनि रहेकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाभित्र एक सय १२ सहकारी छन् । तर उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचनामा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएको बताइएको छ । “निष्क्रिय सहकारी निश्चित गरेका छैनौँ, एकपटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रियामा जान्छौँ”, सहकारी शाखा प्रमुख रानाले भने । 

नेपालगञ्ज उपमहानगरपालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक वर्ष एकपटक सहकारीमा पुग्ने योजना रहे पनि जनशक्ति अभावले सम्भव नभएको बताउँछन् । “बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आवको अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ”, उनले भने । उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । 

उपमहानगरपालिकाले सहकारी सुधार अभियानअन्तर्गत नगरभित्रका सहकारीको अनुगमन गरिरहेको छ । चालु आवमा १५ सहकारीमा अनुगमन भइसकेको छ । सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ । 

उनले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको उल्लेख गर्दै लापरबाही भेटिए सहकारी ऐनबमोजिम कारबाही गरिने प्रष्ट पारे । उनि भन्छन्, “सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मा जानुको विकल्प छैन ।”

नेपालगञ्ज उपमहानगरपालिकाले चालु आवमा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको थियो । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्...

स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्...

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास न...

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending