काठमाडौं । विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताए ।
जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । “जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, उनले भने ।
कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो । समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: