सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
बैठकमा आगामी आव २०८१/८२ को वार्षिक नीति कार्यक्रम माथि छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको हो । छलफलपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई बैठकमा निर्णयार्थ पेस गरेका थिए ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राप्त सुझावलाई सकेसम्म आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने बताए । उनले बजेट निर्माणका क्रममा विचौलियाको चलखेल भइरहेको भन्ने कुरा गलत भएको र उनीहरुको प्रभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि बैठकमा नीति कार्यक्रम माथि भएको छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसका मेघराज खड्का, जुनाकुमारी दानी र राप्रपाका खेमादेवी विष्टले सरकारले ल्याएको नीति कार्यक्रम विगतकै नक्कल भएको र नयाँ कुरा केही नभेटिएको बताएका थिए ।
नीति कार्यक्रम र बजेट निर्माण गर्ने बेलासम्म प्रदेश सरकारले पूर्णता नपाउँदा विकासका काम र मन्त्रालयका गतिविधि प्रभावित बनेको विषय छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले उठाएका थिए । छलफलमा सत्तापक्ष नेकपा (एमाले)का धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्ल र सन्तोषीकुमारी थापा शर्मा, नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी, गीतादेवी माल, शिवसिंह ओली, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले नीति कार्यक्रममा समेट्नुपर्ने कतिपय विषय छुटे पनि समग्रमा नीति कार्यक्रम प्रदेशको समृद्धि र विकासका लागि उत्साहजनक रहेको बताए । उनिहरुले नीति कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: