Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

लागूऔषधसहित विभिन्न स्थानबाट दशजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले देशका बिभिन्न ठाउबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ५ सय ७० मिलिग्रामसहित बर्दिया मधुवन नगरपालिका-७ ताराताल बस्ने ३५ वर्षीय दिनेश मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बुधवारे चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, ट्रामाडोल ६ क्याप्सुल, स्पास्मो ६ ट्याब्लेट र नाइट्रोजन पेन १ ट्याब्लेटसहित धरान उपमहानगरपालिका-१३ सुर्यमार्ग बस्ने २८ वर्षीय श्याम बहादुर परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले धरानबाट बुधवारेतर्फ जाँदै गरेको को.१ ज ३४०५ नम्बरको सुमो चालक परियारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका-१ टुडिखेलस्थित खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित भारत बिहार तेत्रीवाडी बस्ने ३० वर्षीय एमडी साहेवजामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-४ पोखरीबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुलिङटार गाउँपालिका-४ बस्ने ४८ वर्षीय भबिलाल गाहा, ४३ वर्षीय लाल बहादुर सोती र ४४ वर्षीया पदम सोती रहेका छन् । गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट दलदले, इलाका प्रहरी कार्यालय रजहर र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा भबिलाललाई ४ किलोग्राम, लाबहादुरलाई २० किलोग्राम र पदमलाई २६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-१ धिमाल बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्रामसहित कचनकवल गाउँपालिका-३ घर भएका ३६ वर्षीय अलाउदिन मियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुरको पुनर्बास नगरपालिका-१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित बेलौरी नगरपालिका-४ मोतिपुर बस्ने १६ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३० वर्षीय सरोज चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-५ नुक्लिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: