Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल जारी

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी रह्यो । 

यही जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ लागि प्रस्तुत गरेकाे नीति कार्यक्रममा हिजो १९ जना र आज २५ जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिए । नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरुले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदा जनताले गणतन्त्रको अनुभूति गर्नसक्ने बताएका थिए । 

प्रदेशको धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधारसहितको संरचना तयार भएमा पर्यटन प्रवर्द्धन र थप रोजगारी सिर्जना हुने उनिहरुको भनाइ थियो । ऋण र अनुदानबाट चल्ने हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन घरेलु मदिरा र गाँजा खेती गर्न पनि सरकारले छुट दिनुपर्ने भन्दै उनिहरूले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए । 

“रोजगार र सीपमूलक शिक्षाले मात्र गरिबी निवारणमा मद्दत गर्नेतर्फ नीति तथा कार्यक्रममा समेटिएको छैन र यस्ता विषयलाई समावेश गर्नुपर्छ । सुनसरीको दुहबी र इनरुवा जोड्ने सडक चारलेन बनाउन  र प्रदेश मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गरी समयसापेक्ष सुविधा सम्पन्न बनाउनुपर्छ”, उनिहरुको उनिहरूमध्ये धेरैको सुझाव थियो । 

छलफलमा मीरादेवी खनाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ, रामप्रसाद महतो र जयप्रकाश चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले तेह्रथुममा दुग्ध उत्पादक कृषकले कात्तिक महिनादेखि अहिलेसम्म दुग्धको भुक्तानी नपाएकातर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

उनले ढाकाको राजधानी मानिएको तेह्रथुममा तान बुन्नेलाई व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने माग पनि गरे । सदस्य होमबहादुर थापाले जेठ २१ गते रतुवामाई नदीमा बगाएको गाडीमा दुईजनाको मृत्यु भएकाले प्रदेश सरकारले राहत दिनुपर्ने माग गरे । 

अर्का सदस्य खगेश्वरी पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित भएर बन्ने बजेटलाई सफल बनाउन कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराइन । सदस्य ललिताकुमारी चौधरीले तराईवासीले मान्दै आएको ग्रामथानलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने माग राखिन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: