काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि सरकार नढल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा कांग्रेस महामन्त्री गगन थापाले धेरै आलोचना गर्दा फेरि बजेट कांग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि यस्तो उनले जवाफ दिएका हुन् ।
थापाले, ‘यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौँ यति धेरै उथलपुथल भएको छ संसदमा ६/८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्रै सोध्छु ।’ उनले एमालेका अध्यक्ष ओलीलाई प्रधानसेनापतिको संज्ञा दिँदै बजेटमा स्वामित्व नदिएकोले बजेटको माइबाप नै नभएको जिकिर गरेका थिए।
त्यसको जवाफमा प्रमुख सचेतक बर्तौलाले यो सरकार कसैले चाहेर पनि ढाल्न नसक्ने बताए ।उनले भने, ‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौँ । प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो । केही महिनापछि नै बजेट नै आफैँले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि त्यस कारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए । म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन।’
उनले बलियो विश्वासको आधारमा संकल्प गरेर अघि समीकरण अघि बढेको बताए । उनले थपे, ‘माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि नै ढलोस् भनेर जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन।’
उनले सांसदहरूलाई बजेटमाथि टिप्पणी गर्न आफूहरूले रोक नलगाएपनि बजेट पारित गरेर आफूहरू अघि बढ्ने सुनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: