काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द लेखिएको विषयलाई लिएर कुनै आग्रह-पूर्वाग्रह नराख्न आग्रह गरेका छन् ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्द्ध युद्धलाई संविधानमा ‘सशस्त्र युद्ध’ भनेर सम्बोधन गरिएको छ । माओवादी केन्द्रले जनयुद्ध शब्द प्रयोग गर्दै आएको छ ।
बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले संविधानमा उल्लेख भएको भन्दा अर्को शब्द किन प्रयोग गरिएको भनेर प्रश्न गरेका थिए । बिहीबार कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यो प्रश्न गरेका थिए ।
सुरुमा जवाफ दिँदा यो विषयमा अर्थमन्त्री पुन मौन रहेका थिए । पुरक प्रश्न सोध्ने क्रममा कांग्रेसका सांसद खतिवडाले जनयुद्ध शब्दको प्रयोगबारे जवाफ नआएको भनी अर्थमन्त्रीलाई स्मरण गराए । जवाफ दिने क्रममा अर्थमन्त्री पुनले बजेट वक्तव्यमा जनयुद्ध शब्द पहिलो पटक नपरेको बताए । ‘विगतका बजेट वक्तव्यहरुमा पनि छ । चार पाँच वटा वक्तव्यहरु परेको छ । अरु बिभिन्न सरकारी डकुमेन्टमा परेको छ । यसलाइ राख्नै नहुने यो नेपालमा हुँदै नभएको चीज या कुनै सरकारी डकुमेन्टले नचिनेको, चर्चै नगरिएको कुरा जस्तो जसरी प्रस्तुत गर्नुभयो । यो त्यति सान्दर्भिक छ जस्तो लाग्दैन् । उहाँले पनि बुझनु भएकै छ’ अर्थमन्त्री पुनले भने ।
नेपालको परिवर्तनमा जनयुद्धसहित बिभिन्न आन्दोलनको योगदान रहेको बुझ्न उनको आग्रह छ । ‘परिवर्तनमा जनयुद्धको योगदान छ । जनआन्दोलनको पनि योगदान छ’ उनले भने । आफूले विगतमा भएका सबै प्रकारका आन्दोलनलाई समेट्ने प्रयास गरेको उनले बताए ।
‘१९९८ वरिपरीका चार सहिदहरु देखि २००७ सालको आन्दोनको सम्मान हुने गरी, २०४६ सालको, २०५२ को, २०६२/०६३, मधेश आन्दोलन, आदिवासी-जनजाती आन्दोलनका लगायत सबै आनदानेलनका सहिदहरुप्रति श्रद्धान्जलि, घाइते अपांगहरुप्रतिका सम्मानहरु राखेको छु’ अथृमन्त्री पनुले थपे, ‘सायद सबै बजेट वक्तव्य डेढ दशको यति सबलाई समेट्ने गरी आएको पाउनुहुन्न । त्यसैले कतै आग्रह, पूर्वाग्रह जूरुरी छ जस्तो लाग्दैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: