एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् ।
बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ ।
आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।
अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् । आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ ।
प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल ( एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल(एसडीआरएफ) का कर्मचारीहरू तैनाथ गरिएको छ ।
गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: