Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

खबरडबली संवाददाता

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले सुकुमवासीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको सार्वजनिक प्रतिबद्धता पूरा नभएको आरोप लगाउँदै त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

‘सरकारले ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित तथा व्यवस्थित स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो। आज म सरकारसँग सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’ आङ्देम्बेले प्रश्न गरे।

उनका अनुसार जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका सुकुमवासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई एउटा जोखिमबाट निकालेर अर्को अझ गम्भीर जोखिममा धकेलेको यथार्थ उजागर भएको छ।

सुरक्षित आश्रयको आश्वासन पाएका सुकुमवासी नागरिक अहिले पनि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच कष्टकर जीवन बिताउन बाध्य भएको उनले बताए। यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता तथा सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको असफल शासनको उदाहरण भएको उनको भनाइ छ।

आङ्देम्बेले पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न पुगेका युवाहरू, माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाए।

‘लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ? सरकारसँग जवाफ माग्ने नागरिकलाई नियन्त्रणमा लिनु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो,’ उनले भने।

आङ्देम्बेले सरकारलाई सुकुमवासी नागरिकसँग गरिएको प्रतिबद्धताको जवाफ दिन आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि नागरिकसँग गरिएका वाचा पूरा भए वा भएनन् भन्ने कुराको मूल्यांकन गर्ने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending