रौतहट । रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० देखि ४० हजारसम्म खर्च लाग्छ भनेर सयौं मानिसलाई ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो।
पक्राउ पर्नेमा माधवनारायण-७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, प्रकाश माझी, गरुडा नगरपालिका-६ का ४० वर्षीय राकेश महरा, ९ नम्बर वडाका का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ की रामकली देवी, वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसी एलिजा गिरीले बताएकी छिन्।
उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्। गिरोहले बागमती किनारमा रहेको रजावाडा गाँउका एक सय भन्दा बढी सोझा परिवारको घर बनाउने योजना देखाएर ५० औं लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा डिएस्पी गिरीले जानकारी दिएकी छिन्।
यसैबीच, सता पक्षका एक जना कथित ठूला नेताले आरोपीलाई छोड्न रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई आइतबार दवाब दिएका थिए।
तर एसपी घिमिरे भने आफ्नो अडान अथवा न्यायको पक्षबाट हटेनन्। पीडितको पक्षमा खुलेरै जवाफ दिएका थिए।
उनले कथित ठूला नेतालाई भनेका थिए, ‘तपाईंले जिल्ला प्रहरी कार्यालयमा आएर पीडितको पैसा तिर्ने कागज गरेपछि मात्रै आरोपीलाई छोड्छु।’
त्यसपछि ती नेताल् हरेश खाएका थिए। एसपी घिमिरेको यो कदमको जिल्ला बासीले खुलेरै सराहना गरेका छन्।
रौतहट प्रहरी प्रमुखको रूपमा एसपी घिमिरे आएदेखि जिल्लामा आपराधिक क्रियाकलाप, चोरी तस्करी, तुलनात्मक रूपमा काम हुनुका साथै विभिन्न सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: