कैलाली । छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको व्यवस्थापनमा कठिनाइ तथा चुनौती थपिँदै गएको हो ।
यतिबेला यहाँ धान रोपाइँका लागि कतिपय किसानले धानको बीउ राखिसकेका छन् भने कोहीले राखिरहेका छन् । तर उनीहरूलाई खेतमा राखेको बीउ छापा पशुचौपायाबाट जोगाउन सकस भइरहेको छ । झण्डै एक बिघा जमिन भाडामा लिई खेती गर्दै आएका धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान हरिराम रानाले पैसा खर्च गरेर खेतमा उमारेको धानको बीउ छाडा पशुले खाँदा नोक्सानी भएको बताए ।
“अहिले खेती गर्यो भने वर्षभरि खानलाई पुग्छ, अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर बीउ राखेको छु । तर रातको समयमा छाडा पशु आएर धानको बीउ, बारीमा लगाएको तरकारी खाइदिनाले जोगाउन निकै सकस भएको भएको छ”, रानाले भने ।
धनगढीका किसान नरीबहादुर विष्टले छाडा गाईगोरुका कारण रोपाइँका लागि खेतमा राखेको धानको बीउ बचाउन मुस्किल भएको बताए । गत वर्ष पनि छाडा चौपायाले लगाएको अन्नबाली खाएर ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले सुनाए ।
“छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्छन् भने रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बालीनाली नोक्सान गर्ने गर्दछन”, विष्टले भने । पशुलाई छाडा छाड्ने प्रवृत्तिकै कारण किसानले दुःख पाएका छन् ।” धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौसंरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै अन्य केही स्थानमा पनि गौशाला बन्ने क्रममा रहेको र बनेका पनि छन् । कतिपय स्थानमा काञ्जिहाउससमेत निर्माण गरिएका छन् ।
धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, त्यस्तै गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको स्थानीयको भनाइ छ ।
धनगढीको देवरियामा निर्माण गरिएको गौशालामा ठूलो सङ्ख्यामा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ । त्यस्तै चटकपुरस्थित गौशालामा पनि ठूला सङ्ख्यामा छाडा पशुहरूको व्यवस्थापन गरिएको गौसंरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए ।
छाडा चौपायाको व्यवस्थापनका लागि यहाँका स्थानीय तहहरूबाट केही प्रयास भए पनि समस्या भने समाधान हुनसकेको देखिँदैन । त्यसैले छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानिय तहमात्रै नभई हरेक सरोकारवाला निकायको पनि ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: