कैलाली । छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको व्यवस्थापनमा कठिनाइ तथा चुनौती थपिँदै गएको हो ।
यतिबेला यहाँ धान रोपाइँका लागि कतिपय किसानले धानको बीउ राखिसकेका छन् भने कोहीले राखिरहेका छन् । तर उनीहरूलाई खेतमा राखेको बीउ छापा पशुचौपायाबाट जोगाउन सकस भइरहेको छ । झण्डै एक बिघा जमिन भाडामा लिई खेती गर्दै आएका धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान हरिराम रानाले पैसा खर्च गरेर खेतमा उमारेको धानको बीउ छाडा पशुले खाँदा नोक्सानी भएको बताए ।
“अहिले खेती गर्यो भने वर्षभरि खानलाई पुग्छ, अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर बीउ राखेको छु । तर रातको समयमा छाडा पशु आएर धानको बीउ, बारीमा लगाएको तरकारी खाइदिनाले जोगाउन निकै सकस भएको भएको छ”, रानाले भने ।
धनगढीका किसान नरीबहादुर विष्टले छाडा गाईगोरुका कारण रोपाइँका लागि खेतमा राखेको धानको बीउ बचाउन मुस्किल भएको बताए । गत वर्ष पनि छाडा चौपायाले लगाएको अन्नबाली खाएर ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले सुनाए ।
“छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्छन् भने रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बालीनाली नोक्सान गर्ने गर्दछन”, विष्टले भने । पशुलाई छाडा छाड्ने प्रवृत्तिकै कारण किसानले दुःख पाएका छन् ।” धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौसंरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै अन्य केही स्थानमा पनि गौशाला बन्ने क्रममा रहेको र बनेका पनि छन् । कतिपय स्थानमा काञ्जिहाउससमेत निर्माण गरिएका छन् ।
धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, त्यस्तै गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको स्थानीयको भनाइ छ ।
धनगढीको देवरियामा निर्माण गरिएको गौशालामा ठूलो सङ्ख्यामा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ । त्यस्तै चटकपुरस्थित गौशालामा पनि ठूला सङ्ख्यामा छाडा पशुहरूको व्यवस्थापन गरिएको गौसंरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए ।
छाडा चौपायाको व्यवस्थापनका लागि यहाँका स्थानीय तहहरूबाट केही प्रयास भए पनि समस्या भने समाधान हुनसकेको देखिँदैन । त्यसैले छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानिय तहमात्रै नभई हरेक सरोकारवाला निकायको पनि ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: