कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा करिब आठ बर्षपछि पक्की पुल निर्माण सुरू भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले अहिले पुल निर्माणले गति लिएको बताए ।
यहाँको लालझाडी गाउँपालिकास्थित देखतभुलीनजिक दोदा नदीमा पुल निर्माणका लागि विसं २०७२ पुसमा रु २४ करोड २२ लाखमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणका क्रममा ‘पाइल टेष्ट’मा समस्या आएपछि निर्माणकार्य अगाडि बढ्न सकेको थिएन ।
सिग्देलले पुल निर्माणका लागि लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले ठेक्का पाएपछि सुरुआतमा राजेन्द्र निर्माण सेवाले काम गरेको थियो । त्यसक्रममा पिल्लर खडा गरे पनि प्राविधिक समस्या देखिएपछि सोही स्थानमा नयाँ पुल निर्माण गर्नुपरेको इन्जिनियर सिग्देलले बताए ।
“राजेन्द्रसित काम रिजेक्ट भएपछि अहिले जेभी पार्टनर कुमारले काम धमाधम गरिरहेको छ”, उनले भने, “राजेन्द्रले लिएको रु १२ करोड पनि बैंक धरौटीबाट असुल गरिएको छ ।”
लालझाडी गाउँपालिकालाई जोड्ने उक्त पुलको ‘स्पान’ लम्बाइ दुई सय मिटर रहेको छ । “अब पुल निर्माणको कामले गति पाएको छ”, उनले भने, “हामीले पनि म्याद थपका लागि माथिल्लो निकायमा पुर्याइसकेका छौँ ।” उनले ‘पाइल टेष्ट’मा समस्या आएर नयाँ डिजाइनअनुसार पुल बनिरहेको जानकारी दिए । वर्षौंसम्म पुल नबनेपछि स्थानीयले बाँसको अस्थायी पुल बनाएर शुक्ल तिरेर ओहोरदोहोर गर्ने गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: