Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह

खबरडबली संवाददाता

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन् । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन् । 

राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्नेछन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र  हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ । 

चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ । यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो । 

प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गर्नेछन् । “मध्यपूर्व विकासको व्यापक सम्भावना बोकेको भूमि हो, तर अझै युद्ध जारी छ,” सीले भने । उनले युद्ध लम्बिन नहुने तर्क गर्दै भने, “युद्ध अनिश्चितकालसम्म चल्नु हुँदैन । न्याय सदाका लागि अनुपस्थित हुनु हुँदैन ।” 

सीपछि बोल्दै इजिप्टका राष्ट्रपति सिसीले गाजा पट्टीका प्यालेस्टिानीहरू आफ्नो युद्धग्रस्त क्षेत्रबाट विस्थापित नहुन् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । गाजासँग सीमा जोडिएको इजिप्टले सन् १९७८ मा इजरायलसँग ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । “म अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा दीर्घकालीन मानवीय सहायता तत्काल उपलब्ध गराउन र इजरायली घेराबन्दी अन्त्य गर्न आह्वान गर्दछु,” सिसीले भने । 

उनले प्यालेस्टिनीहरूलाई जबर्जस्ती आफ्नो भूमिबाट भाग्न बाध्य पार्ने कुनै पनि प्रयास रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । इजरायली सेनाले गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको रणनीतिक फिलाडेल्फिया करिडोरमा ‘गतिविधि नियन्त्रण’ गरेको बुधबार बताएपछि सिसीको यो टिप्पणी आएको हो । 

यो करिडोरले गाजा र इजिप्टबीचको मध्यवर्ती क्षेत्रको रूपमा काम गरेको थियो र इजरायली सेनाले सन् २००५ सम्म गस्ती गरेको थियो । तर, गाजा पट्टीबाट व्यापक विघटनको भागको रूपमा हमासले उक्त जमिन प्यालेष्टिनी प्राधिकरणसँगबाट फिर्ता लिएको थियो । लण्डनस्थित ‘चाथम हाउसथिंक ट्याङ्क’ का उपप्रमुख अहमद अबौदौहले एएफपीसँग भने, “सिसी इजरायलसँगको उच्च तनावको समयमा चीनको राजनीतिक समर्थन प्राप्त गर्न इच्छुक देखिनुहुन्छ ।”

चीनले दशकौंदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई राष्ट्र समाधानको वकालत गर्दै आएको छ । बिहीबार सीले अरब विश्वसँग आफ्नो ‘गहिरो आत्मीयता’ रहेको भन्दै अरब समुदायको प्रशंसा गरेका थिए । उनले भने, “चीन र चिनियाँ जनता तथा अरब देश र त्यहाका जनताबीचको मित्रता प्राचीन सिल्क रोडको मैत्रीपूर्ण आदानप्रदानबाट सुरु भएको हो ।”

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत २१ अरब राष्ट्रले बेइजिङसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । “चीनले तेल र ग्यासमा अरब पक्षसँग रणनीतिक सहयोगलाई अझ बढाउनेछ र आपूर्ति सुरक्षालाई बजार सुरक्षासँग एकीकृत गर्नेछ,” सीले भने । “चीन नयाँ ऊर्जा प्रविधि अनुसन्धान तथा विकास र उपकरण उत्पादनमा अरब पक्षसँग काम गर्न तयार छ,” उनले भने । 

चीनले गत वर्ष साउदी अरब र उसको लामो समयदेखिको शत्रु इरानबीच मध्यस्थता गरेर यस क्षेत्रमा आफूलाई मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने काम गरेको छ । गत महिना उसले ‘अन्तर–प्यालेस्टिनी मेलमिलापलाई बढावा दिने विषयमा गहन र स्पष्ट वार्ताका लागि’ प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह हमास र फताहलाई आमन्त्रण गरेको थियो ।

विश्लेषकहरूका अनुसार चीनले गाजामा जारी युद्धको फाइदा उठाउँदै यस क्षेत्रमा आफ्नो स्थितिलाई मजबुत बनाउन खोजिरहेको छ र कथित अमेरिकी निष्क्रियताविरुद्ध त्यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेको छ । वैदेशिक सम्बन्धका लागि युरोपेली परिषद्का क्यामिली लोन्सले एएफपीसँग भने, “बेइजिङले जारी द्वन्द्वलाई अन्तर्राष्ट्रिय परिदृश्यमा पश्चिमाहरूको दोहोरो मापदण्डको आलोचना गर्ने र वैकल्पिक विश्व व्यवस्थाका लागि आह्वान गर्ने सुनौलो अवसरको रूपमा हेरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending