Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बङ्गलादेशमा बन्दुकधारीद्वारा रोहिङ्ग्या शिक्षक र विद्यार्थीको हत्या

खबरडबली संवाददाता

एजेन्सी । बङ्गलादेशमा बन्दुकधारीहरूले रोहिङ्ग्या शरणार्थी शिविरमा लड्नका लागि म्यान्मा फर्कन अस्वीकार गरेका एक शिक्षक र एक विद्यार्थीको हत्या गरेको उनीहरूका अभिभावकले बिहीबार बताएका छन् । 

सन् २०१७ मा म्यान्माको सेनाद्वारा सताइएका मुस्लिम अल्पसङ्ख्यकका करिब सात लाख ५० हजार सदस्यलाई मुलुकबाट निकालेपछि बङ्गलादेशमा शरणार्थी शिविरहरूमा सयौँ रोहिङ्ग्या केटा तथा युवाहरूलाई कब्जा गरिएको छ । बङ्गलादेशमा उनीहरूले सुरक्षा खोजेका थिए । 

शिविरका बासिन्दा, संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन र विश्लेषकहरूका अनुसार अब म्यान्मा जुन्तासँग काम गर्ने रोहिङ्ग्या विद्रोहीहरूले शरणार्थीहरूलाई भर्ती गरिरहेका छन् । विद्रोहीहरूका अनुसार उनीहरूका साथी रोहिङ्ग्यालाई म्यान्माको अर्को विद्रोही बल अराकान आर्मी (एए) मा साझा दुश्मनको सामना गर्नका लागि उनीहरूलाई निर्वासनमा पठाएको उही सेनासँग गठबन्धन गर्न आवश्यक छ । 

बङ्गलादेशको कक्स बजार जिल्लाको कुटुपालोङ शिविरमा ‘अज्ञात आक्रमणकारीहरूले’ २२ वर्षीय विद्यार्थी नुर अबसार र २१ वर्षीय शिक्षक नुर फैसलको हत्या गरेको प्रहरीले बताएको छ । कुटुपालोङका प्रहरी प्रवक्ता अरेफिन ज्वेलले भने, “एक जनाको घटनास्थलमै र अर्कोको अस्पतालमा मृत्यु भयो, यो जबर्जस्ती भर्तीको मामिला हो होइन भन्नेबारे हामी जाँच गरिरहेका छौँ ।”

तथापि फैसलका बुबाले यसका लागि रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ) लाई दोष दिएका छन् । पैँतालिस वर्षीय जाकिर अहमदले भने, “आरएसओ मेरो छोरोको विद्यालय गयो र उसलाई भर्ती गर्न खोजेको थियो, मेरो छोरोले अस्वीकार गर्यो ।” अहमदले छोराले युवाहरूलाई दबाब दिन शिविरमा घुमिरहेका ती बन्दुकधारीहरूलाई रोक्नका लागि सामुदायिक रक्षकका रूपमा पनि काम गरिरहेको बताए । 

“उसले अन्य युवा रोहिङ्ग्याहरूलाई सशस्त्र समूहद्वारा जबर्जस्ती भर्ती गर्नबाट बचाउन रातको गार्डका रूपमा पनि काम गरिरहेको थियो”, उनले भने, “आरएसओ बन्दुकधारीहरूले उनलाई गोली हानी हत्या गरे, आरएसओले मेरो छोरालाई मार्यो ।”

“यो दुःखद हत्याले रोहिङ्ग्या सशस्त्र समूहहरूबाट शरणार्थीहरूले सामना गर्ने बढ्दो खतरालाई उजागर गर्दछ”, इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क–ट्याङ्कका थोमस किनले भने, “अहिले वर्षौंदेखि समूहहरूलाई दण्डहीनताका साथ काम गर्न अनुमति दिइएको छ र शरणार्थीहरू वास्तवमै विखण्डन हुने विन्दुमा छन् ।”

‘हजारौँ शरणाथीहरू’ लाई रोहिङ्ग्या सशस्त्र समूहरूले भर्ती गरेको र म्यान्मामा पठाएको आफ्नो शोधबाट थाहा भएको उनले बताए । रोहिङ्ग्या लडाकूहरूले रखाइन राज्यमा म्यान्माको नियमित सेनासँग मिलेर लडिरहेका छन् । उनीहरू करिब छ लाख रोहिङ्ग्याको घरसमेत भएको रखाइन राज्यमा एएलगायतका सेनासँग लडिरहेका छन् । एएले रखाइन राज्यमा जातीय राखिन जनसङ्ख्याका लागि अधिक स्वायत्तता चाहेको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: