Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

'सतीदेवी' को अफिसियल पोस्टर सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म 'सतीदेवी' को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । 

यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ । उनीहरुलाई रोइरहेको देख्नसकिन्छ । यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा मलिकालाई परस्तुत गरिएकोमा आज सार्वजनिक भएको पोस्टरले निर्देशक सुबेदीले सिनेमाबाट छोरी हुनुको गम्भीर पीडालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ ।

यस्तै स्तनपान गराइएको दृश्यले मलिकाको भूमिकामा थप कौतुहलता उत्पन्न गराएको छ । यो कौतुहल्ताले दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । सिनेमा साउन ४ गते रिलिज हुँदैछ । सिनेमाले सौराह दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म,शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म,सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेकाले पनि सिनेमाले दर्शकलाई रिझाउने उच्च सम्भावना छ ।

सिनेमाको कथा-पटकथा पनि सुवेदीले नै तयार पारेका हुन् । दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत्तसँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ । 

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । 

सिनेमाको पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन भने फोटो श्रीधर पौडेलले कैद गरेका हुन् ।  चलचित्रको वितरण काठमाडौंमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौं बाहिर एफडि कम्पनीले गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: