विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि भएको छलफल समाप्त भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता छलफलमा उठेको प्रश्नको जवाफ दिँदै कानून बनाउनु र वार्षिक बजेट ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताए ।
उनले यथार्थको जगमा उभिएर विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गरेको बताउँदै प्रारम्भ रु ४६ अर्ब रहेको प्रदेशको बजेट क्रमशः खुम्चिदै गएको जानकारी दिए । मन्त्री मगरले हामीले हाम्रो स्तर कायम गर्न चुस्त एवं दुरुस्त योजनामा मात्र केन्द्रित रहनुपर्ने धारणा राख्दै प्रदेश सरकार राजस्वको क्षेत्र बढाउन, रोजगार सिर्जना गर्न र पर्यटकलाई भित्र्याउन सकिने क्षेत्रमा लगानी गर्ने भने । उनले पर्यटन क्षेत्रको विकास गर्न पर्यटक पहुँच मार्गको विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै व्यापारिक सन्तुलन कायम गर्न र निर्यात बढाउन नाकासँग जोडिने मार्गमा प्रदेश सरकारले ध्यान दिने भने ।
अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको बताउँदै मन्त्री मगरले भने, “बसाँइसराइ रोक्न पहाडी तथा हिमाली क्षेत्रमा सरकारले शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्न र कठिन मार्गलाई सहज एवं सरल बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले यस प्रदेशमा दुई हजार बाटो र एक हजार पाँच सय खानेपानीका योजनाहरु सम्पत्र गरेको जानकारी दिँदै प्रदेश सरकारले गरेका यस्ता कार्यहरुको प्रचारप्रसार हुनु जरुरी छ भने ।
प्रदेशस्तरका योजनाहरु तोक्न ढिलाइ भइसकेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मगरले भने, “लोकतन्त्रको अभ्यासमा भागेर होइन, डटेर सामना गर्नुपर्छ ।” विगत केही दिनदेखि नेपाली कांग्रेसका २९ जना सांसद सदनमा अनुपस्थित हुने गरेको प्रसङ्गमा उनले नेपाली कांग्रेसले सदनमा उपस्थित भएर रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे । छलफलमा २२ प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक जेठ २१ गते मध्याह्न २ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: