Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कोशी प्रदेशसभा बैठक: विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि भएको छलफल समाप्त भएको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता छलफलमा उठेको प्रश्नको जवाफ दिँदै कानून बनाउनु र वार्षिक बजेट ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताए । 

उनले यथार्थको जगमा उभिएर विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गरेको बताउँदै प्रारम्भ रु ४६ अर्ब रहेको प्रदेशको बजेट क्रमशः खुम्चिदै गएको जानकारी दिए । मन्त्री मगरले हामीले हाम्रो स्तर कायम गर्न चुस्त एवं दुरुस्त योजनामा मात्र केन्द्रित रहनुपर्ने धारणा राख्दै प्रदेश सरकार राजस्वको क्षेत्र बढाउन, रोजगार सिर्जना गर्न र पर्यटकलाई भित्र्याउन सकिने क्षेत्रमा लगानी गर्ने भने । उनले पर्यटन क्षेत्रको विकास गर्न पर्यटक पहुँच मार्गको विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै व्यापारिक सन्तुलन कायम गर्न र निर्यात बढाउन नाकासँग जोडिने मार्गमा प्रदेश सरकारले ध्यान दिने भने । 

अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको बताउँदै मन्त्री मगरले भने, “बसाँइसराइ रोक्न पहाडी तथा हिमाली क्षेत्रमा सरकारले शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्न र कठिन मार्गलाई सहज एवं सरल बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले यस प्रदेशमा दुई हजार बाटो र एक हजार पाँच सय खानेपानीका योजनाहरु सम्पत्र गरेको जानकारी दिँदै प्रदेश सरकारले गरेका यस्ता कार्यहरुको प्रचारप्रसार हुनु जरुरी छ भने । 

प्रदेशस्तरका योजनाहरु तोक्न ढिलाइ भइसकेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मगरले भने, “लोकतन्त्रको अभ्यासमा भागेर होइन, डटेर सामना गर्नुपर्छ ।” विगत केही दिनदेखि नेपाली कांग्रेसका २९ जना सांसद सदनमा अनुपस्थित हुने गरेको प्रसङ्गमा उनले नेपाली कांग्रेसले सदनमा उपस्थित भएर रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे । छलफलमा २२ प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक जेठ २१ गते मध्याह्न २ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending