Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा व्यवस्थामाथि बहस

खबरडबली संवाददाता

गण्डकी । गणतन्त्रको विकल्प अर्को कुनै पनि व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

१७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको ‘गणतन्त्रको डेढ दशक-उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा उनिहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । 

कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले गणतान्त्रिक शासन व्यवस्था परिपक्व दिशातर्फ गइरहेको बताए । “गणतन्त्र किशोरावस्थाबाट परिपक्व  हुँदैछ, यो हाम्रो २००७ सालदेखिको सपना हो, जनसिद्ध श्रेष्ठताको विरुद्ध हो गणतन्त्र”, उनले भने, “सबै मानिस आफ्नो सीप, क्षमता र प्रतिभा जनअनुमोदनद्वारा राष्ट्रपति हुन सक्छन्, गणतन्त्रको सुन्दर पक्ष भनेको यसको आलोचना गर्न पाइन्छ र आलोचना गरेबापत प्रतिबन्धित हुनुपर्दैन ।”

मुख्यमन्त्री अधिकारीले साधनस्रोतको सीमितताका कारण जनअपेक्षा पूरा गर्न नसकिए पनि गणतन्त्रले ल्याएका परिवर्तनका सङ्केतहरु स्पष्ट रुपमा देखा पर्न थालेको बताए । “पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतका विकासले गति लिएको छ, सङ्घीय संरचना बनेपछि नागरिकका घरदैलोमा राज्यका सेवा पुगेका छन्”, उनले भने, “अहिले गाउँगाउँमा कालोपत्र सडक बनेका छन्, सयौँ पक्की र झोलुङ्गे पुल बनेका छन् ।”

भूकम्प, कोभिड महामारी जस्ता कारणले अर्थतन्त्र केही सिथिल भए पनि पुनःजागृत हुने चरणमा रहको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । “प्रदेश संरचनालाई कसरी आत्मनिर्भर बनाउने चुनौती हाम्रासामु छ, यो अझ सदृढ भएको अगाडि बढ्छ, गणतन्त्रको विकल्प राजतन्त्र कदापि हुन सक्दैन”, उनले भने । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले निरकुंशता र सामन्ती प्रवृत्तिको अन्त्यका लागि गणतान्त्रिक व्यवस्था ल्याएको बताए । “नागरिकका मौलिक अधिकार कार्यान्वयन हुन्छन्, सबैखाले विभेदको अन्त्य हुन्छ, सबै नागरिकले समान अवसर पाउँछन् भन्ने ध्येयले सबै राजनीतिक दल एक ठाउँमा उभिएर गणतन्त्रको घोषणा गरेका हुन्”, उनले भने, “गणतान्त्रिक शासन व्यवस्था अरु व्यवस्थाभन्दा उन्नत हुन्छ ।”

पूर्वअध्यक्ष मुल्मीले गणतन्त्र आएपछि बनेका तीनै तहका सरकार नागरिकप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्ने धारणा राखे । “बहुलवाद र प्रर्तिस्पर्धामा आधारित राजनीतिक प्रणालीको विकास पनि गणतन्त्रको महत्वपूर्ण उपलब्धि हो, राजनीतिक अधिकार र सचेतानाका दृष्टिले ठूलो परिवर्तन भएको छ”, उनले भने । 

उनले नेतृत्वको असक्षमतालाई लिएर सिङ्गो प्रणालीलाई दोष दिन नमिल्ने बताए । गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष नवराज ओझाले कोभिड महामारी व्यवस्थापनमा स्थानीय तहले आफ्नो औचित्य पुष्टि हुने गरी महत्वपूर्ण भूमिका खेलेको बताए । “राज्यका सेवा र संरचना नागरिकको घरदैलोमा पुगेका छन्, गणतन्त्रको सबैभन्दा बलियो खम्बा भनेको स्थानीय तह हो”, उनले भने, “नागरिकले अनुभूति गर्ने गरी स्थानीय तहले सेवा प्रवाह गरिरहेका छन् ।” उनले सात वर्षअघि आफ्नो गाउँपालिकामा एक सय दुई घरमा खानेपानी सुविधा पुगेकामा अहिले ९९ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको उदाहरण दिए । 

प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सेवा प्रवाहलाई चुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्ने धारणा राखिन । उनले ‘डिजिटल नेपाल’को अवधारणाअनुसार नागरिकलाई छिटो र छरितो सेवा दिन निजामती क्षेत्रबाट प्रयास गरिएको बताइन । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विना सिलवालले महिला, दलित, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृतलगायतको अधिकारको प्रत्याभूति सरकारले दिलाउनुपर्ने बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...

जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को सेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...

पाँचथरमा किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending