काठमाडौं । गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै सांसदहरुले बनेका योजना कार्यान्वयन नहुँदा समस्या भएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको ‘कर्णालीको उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कर्णालीका नागरिकले राहदानी लिन अझै रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा परिवर्तन आउन नसकेको बताए । नागरिकले एउटा राहदानी लिन दुःख पाउनुपर्ने तर नीतिगत निर्णय गर्ने नेता र कर्मचारीले केही छिनमै बिना पैसा राहदानी पाउने अवस्था परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशलाई अर्गानिक खानेकुरा पाइने क्षेत्रका रुपमा विश्वमा परिचित गराउनसके पर्यटकको सङ्ख्या वृद्धि हुने सभापति खतिवडाले बताए । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र निवास नबने पनि ललितपुरको भैँसेपाटीमा सबै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण हुने अवस्थाले सङ्घीयता एवं गणतन्त्रको अवस्था प्रष्ट हुने उनको धारणा थियो ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले पोखरा र भैरहवामा निर्माण सम्पन्न भएर अलपत्र बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा देशलाई दैनिक लाखौँ राजश्व घाटा लागेको उल्लेख गरे । उनले राज्य कोष नै कम भएपछि कर्णाली प्रदेशजस्ता पछि परेका भूगोलको विकासमा पर्याप्त रकमको अभाव हुने गरेको बताए । विकसित देशसँग पनि पाँचदेखि छ महिनालाई धान्ने मात्र विदेशी मुद्रा हुने गरेकामा नेपालसँग १४ महिनालाई धान्ने मुद्रा रहेको सभापति चालिसेले बताए ।
सांसद माधव सापकोटाले शासन व्यवस्था बदलिए पनि शासकले गर्ने क्रियाकलाप नबदलिँदा कर्णाली प्रदेश पछि परेको बताए । कर्णाली प्रदेशमा एउटा नमूना गाउँ विकास गर्ने योजना बनाएर कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए । सांसद रेखा यादवले कर्णाली प्रदेशमा जल, जमिन र जङ्गल धेरै भएपनि त्यसलाई औद्योगिक रुपमा विकास गर्न नसक्दा पछि परेको बताइन ।
राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेलले कर्णाली प्रदेशमा प्रत्येक वर्ष बजेटमा वृद्धि हुँदै गएपनि कार्यान्वयन नहुँदा विकासमा पछि परेको सुनाए । कर्णालीमा विनियोजन भएर जाने बजेट सबै खर्च हुने वातावरण बनाइनुपर्ने सदस्य पौडेलको भनाइ थियो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्राकृतिक स्रोतमा धनी रहेको कर्णाली विकास निर्माणमा किन पछि पर्यो भनी नागरिक संवाद कार्यक्रम सुरु गरिएको बताए । यो कार्यक्रमलाई कर्णाली प्रदेशका विभिन्न जिल्लामा निरन्तरता दिइने उनको भनाइ थियो ।
कार्यक्रममा समाजका सभापति रामकृष्ण बराल, महासचिव रेनुका पौडेल, सचिवद्वय चन्द्रमणि बञ्जारा र रामप्रसाद जोशीलगायतले गणतन्त्रमा काठमाडौं र कर्णालीको विकास एवं नागरिकको जीवनस्तर समान हुनुपर्नेमा त्यस्तो हुन नसकेकाले नागरिकमा शासन व्यवस्थाप्रति नकारात्मक भाव पैदा हुन थालेको बताएका थिए । आगामी दिनमा सच्याइनुपर्नेमा उनिहरुको जोड थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: